aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनआरएनएको लगानीलाई सरकारले प्रोत्साहन गर्छः अर्थमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० असोज २०८०
एनआरएनएको लगानीलाई सरकारले प्रोत्साहन गर्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सिप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनमा बोल्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् । 

उनले भने, ‘नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेका छन् । युवाहरुलाई लागिरहेको होला, यहाँ केही छैन, अरु गइसके, म पनि विदेश जानैपछ । यहाँ अवसर छ, अरु देश भौतिक रुपमा पूर्ण विकसित भइसकेका छन् । त्यहाँ गइसकेपछि एउटा संयन्त्रको पूर्जाका रुपमा फिट हुने हो । तर यहाँ प्रशस्त सम्भावना छ, त्यसलाई हेर्ने दृष्टिकोण सुष्म चाहिन्छ ।’

मन्त्री डा. महतका अनुसार लगानीको दोस्रो सम्भावना सूचना प्रविधि क्षेत्रमा छ । बेलायतमा वार्षिक ५० मिलियन सफ्टवेयर निर्यात हुँदो रहेछ । बेलायत मात्र होइन, अन्य देशमा पनि सफ्टवेयर निर्यात भइरहेको छ । सफ्टवेयर निर्यातबाट असीमित आम्दानी गर्न सकिन्छ ।

उनले भने, ‘जे चलिरहेको छ, त्यसैले चल्छ भन्ने हाम्रो मानसिकता छ, यसलाई तोड्न केही समय लाग्ने बताउनु हुँदैन । अर्को क्षेत्र भनेको पर्यटन हो । यसले पनि आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । मध्यपूर्वलगायत कोरिया गएकाहरु फर्किदा सानो पूँजीसँगै ज्ञान पनि लिएर फर्किएका छन् । उनीहरुले यही सानो व्यवसाय सुरु गरिसकेका छन् । हामीले उत्पादनलाई सुरक्षा दिने नीति लिएका छौं ।’

०४६ सालपछि हाम्रो कूलग्राहस्थ उत्पादनमा ६० गुणाले वृद्धि भएको छ, प्रतिव्यक्ति आय ७ गुणाले वृद्धि भएको छ, औषत आयु ५४ वर्षबाट ७२ वर्ष भएको मन्त्री डा. महतले जानकारी दिए ।  राजश्व अनुपात कुलग्राहस्थ उत्पादनको अनुपातमा दोब्बर बढेको छ, विद्युतको पहुच ९७ प्रतिशतभन्दा बढी छ । गाउँ गाउँमा सडक सञ्जाल पुगेको छ, बालमृत्यु दर २७ मा झरेको छ । २५४ बाट मातृ मृत्युदर ८५० बाट १५१ मा झरेको मन्त्री डा. महतले जानकारी दिए । 

‘सामाजिक सञ्जालका जमाना छ । संसार मोबाइल फोनमा भेटिन्छ, नेपालीहरु यो विषयमा उदार छन् । गाँस काटेर भए पनि हामी स्मार्ट फोन प्रयोग गर्नेमा अग्रपंक्तिमै छौं’ मन्त्री डा. महतले भने, हिजो के थियो, के कारणले गर्न सकेनौं भनेर हामीले चित्त बुझाउने ठाउँ छैन, त्यो कसैले सुन्न चाहँदैनन् । अरु देश त्यहाँ पुगिसक्यो, तिमीहरुले किन पुर्याएनौं ?’ 
 

प्रतिक्रिया दिनुहोस