aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

इजरायल र हमास हमला युद्ध अपराधी बन्दै, अस्पतालमा आक्रमण, ५ सय बढीको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ कार्तिक २०८०
इजरायल र हमास हमला युद्ध अपराधी बन्दै, अस्पतालमा आक्रमण, ५ सय बढीको मृत्यु

एजेन्सी । इजरायल र हमासबीचको युद्धमा अस्पतालमा हमाला गरेको खबर आएको छ । गाजा सहरको अहली अरब सिटी अस्पतालमा भएको रकेट आक्रमणमा ५०० जनाको मृत्यु भएको बताइएको छ । हमासले आक्रमण इजरायलले गरेको दाबी गरेको छ । यसैबीच इजरायलले अस्पतालमा भएको आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको बताएको छ ।

इजरायलले एउटा भिडियो जारी गर्दै प्यालेस्टिनी लडाकुहरूले अस्पताल नजिकै आक्रमण गरिरहेको भन्दै उनीहरूको एउटा रकेट आफ्नो दिशाबाट हटेर अस्पतालमा खसेको बताएको छ। हमासको दावीमा इजरायली प्रधानमन्त्री नेतन्याहुले लेखेका छन् हाम्रा बालबालिकाको निर्ममतापूर्वक हत्या गर्नेहरू आफ्नै सन्तानको हत्यारा हुन् भनेका छन।

फ्रान्सले मंगलबार पहिलो पटक हमासको आक्रमणमा मारिएका व्यक्तिको संख्या सार्वजनिक गरेको छ । उनका अनुसार २१ फ्रान्सेली नागरिक मारिएका छन् भने ११ जना बेपत्ता छन् । तीमध्ये अधिकांश हमासका बन्धक भएको आशंका गरिएको छ।

साउदी अरेबियाको अखबार ‘द नेशनल’ ले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले छिट्टै इजरायलको भ्रमण गर्न सक्ने बताएको छ । मंगलबार म्याक्रोनले भने( बन्धकहरूलाई मुक्त गर्न निकै गम्भीर कूटनीतिक प्रयास भइरहेको छ।

जर्मन चान्सलर ओलाफ स्कोल्ज इजरायललाई सहयोगको आश्वासन दिन मङ्गलबार राति तेल अवीभ पुगेका छन्। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र राष्ट्रपति इसाक हर्जोगलाई भेटेका थिए। यसपछि उनले जर्मनीका ती परिवारहरूलाई पनि भेटे जसका आफन्तहरू हमासको नियन्त्रणमा छन्।

जर्मन चान्सलर ओलाफ स्कोल्ज इजिप्ट जान लाग्दा तेल अवीवमा साइरन अलर्ट बज्यो। यसपछि, स्कोल्जलाई विमानबाट बाहिर निकालेर तेल अवीव विमानस्थलको बम सेल्टरमा लगियो।

प्रतिक्रिया दिनुहोस