aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एक हजार तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ कार्तिक २०८०
एक हजार तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज वृद्धि भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आज एक हजार तीन सय रुपैयाँले बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १३ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ६५० रुपैयाँ रहेको छ ।                      

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४१० रुपैयाँ  मूल्य कायम भएको महासंघले जनाएको छ ।                      
 

प्रतिक्रिया दिनुहोस