aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मानवयुक्त चन्द्र मिसन योजनामा भारत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ कार्तिक २०८०
मानवयुक्त चन्द्र मिसन योजनामा भारत

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०४० सम्ममा चन्द्रमामा मानिस पठाउने र एक अन्तरिक्ष स्टेसन स्थापना गर्ने भारतको योजना रहेको बताउनुभएको छ । भारतले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई अगाडि बढाइरहेको छ ।  

विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या रहेको भारत आफ्नो पहिलो चालकसहितको अन्तरिक्ष मिसनका लागि शनिबार एउटा महत्वपूर्ण परीक्षण उडानका लागि तयार भएको बेला प्रधानमन्त्री मोदीको उक्त घोषणा आएको हो । उनले अन्तरिक्ष एजेन्सीका अधिकारीहरूसँग भारतीय अन्तरिक्ष पहलको सफलतालाई अगाडि बढाउनुपर्ने बताए ।

‘सन् २०३५ सम्ममा ‘भारतीय अन्तरिक्ष स्टेसन’ र सन् २०४० सम्ममा चन्द्रमामा पहिलो भारतीय पठाउनेसहित मुलुकले अब नयाँ र महत्वाकांक्षी लक्ष्य बनाउनु पर्छ’, मङ्गलबार अबेर उनले एक वक्तव्यमा भने । 

प्रधानमन्त्री मोदीले चन्द्रमामा ‘मिसनहरूको शृङ्खला’ का लागि योजनाहरूको विकास गर्न अधिकारीहरूलाई आग्रह गरे । भारतले कम बजेटमा अन्तरिक्ष कार्यक्रम सञ्चालन गरेको छ ।

भारत गत अगस्टमा चन्द्रमाको अज्ञात दक्षिणी ध्रुवमा ठूलो स्तरमा आफ्नो यान अवतरण गराउने विश्वको पहिलो देश बनेको थियो । साथै उसले सूर्यको सबैभन्दा बाहिरी भागको निरीक्षण गर्नका लागि एउटा अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया दिनुहोस