aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

फोटो पत्रकार केशवराज थोकरको लाइफ इन पेन्डामिक सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ कार्तिक २०८०
फोटो पत्रकार केशवराज थोकरको लाइफ इन पेन्डामिक सार्वजनिक

काठमाडौं । फोटो पत्रकार केशव राज थोकरको ‘लाइफ इन पेन्डामिक’ पुस्तक सार्वजनिक भएको छ । एक औपचारिक कार्यक्रमको साथ सभामुख देवराज घिमिरेले लाईफ इन पेन्डामिक फोटो पुस्तक सार्वजनिक गर्नु भएको हो ।  

सभामुख घिमिरेले फोटो पुस्तक सार्वजनिक गर्दै कोरोनाको विषयमा फोटोको माध्यमबाट इतिहासको दस्तावेजिकरण भएको बताए ।  विभिन्न समय र कालखण्डमा यस्ता भवितव्य घटनाहरु हुने भएकाले यसलाई फोटो पत्रकारिताले इतिहास सम्झाउने काम गरेको सभामुख घिमिरेको भनाई थियो ।  

लाईफ इन पेन्डामिक विपत्तिको इतिहास सम्झाउने पुस्तक भएकाले विश्वमा संग्रहनिय फोटो पुस्तक हुने सभामुख घिमिरेको विश्वास थियो ।  दुई दशकदेखि फोटो पत्रकारितामा क्रियाशिल थोकरले कोरोनाको समयमा काठमाडौंको लाईफ लाइन, अनुभव गरेका, फ्रन्टलाईन हुँदै जीवन र मृत्युको संघर्ष गरिरहेका र संवेदनाले भरिएको परिदृश्यलाई फोटोको माध्यमबाट दस्तावेजिकरण गरेका हुन् । 
 
सात सिरिजमा विभाजन गरिएको उक्त फोटो पुस्तकमा आफ्नै श्रीमती साङमो योञ्जन गर्भवती हुँदा १६ दिनको होम आइसोलेसन बस्नु पर्दाको क्षण, फ्रन्ट लाईनका डक्टर शेरबहादुर पुन, नर्स र सरकारले कोरोना नियन्त्रणका लागि गरेका प्रयासहरु फोटो पुस्तकमा समावेश गरिएको छ । 

सो पुस्तक सार्वजनिक समारोहमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नागरिक दैनिकका प्रधान सम्पादक गुनराज लुईटेल, पिजे क्लबका निवर्तमान अध्यक्ष विकास कार्की, वरिष्ठ फोटो पत्रकार शेखर कार्की लगाएतले मन्तव्य राखेका थिए । फोटो पुस्तक म्हेन्दो ट्रष्टले प्रकाशन गरिएको हो । भाषा आयोगका सदस्य तथा म्हेन्दो ट्रष्टका उपाध्यक्ष अमृत योञ्जनको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस