aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बझाङ केन्द्र विन्दु बनाएर भूकम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ कार्तिक २०८०
बझाङ केन्द्र विन्दु बनाएर भूकम्प

बाजुरा ।  सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 

भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन् । रासस

प्रतिक्रिया दिनुहोस