aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

गृहमन्त्री श्रेष्ठलाई चीनमा हृदयघात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ कार्तिक २०८०
गृहमन्त्री श्रेष्ठलाई चीनमा हृदयघात

काठमाडौँ । चीन पुगेका उपप्रधान तथा गृहमन्त्री एवम्‌ माओवादी नेता नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ । सामान्य खालको हृदयघात भएको र उनको छातीमा स्टेन राखिएको उनका स्वकीय-सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिएका छन्‌ ।

बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) शिखर सम्मेलनमा भाग लिन गृहमन्त्री श्रेष्ठ सोमबार चीनको राजधानी बेइजिङ उडेका थिए । बुधबार मध्यराततिर छातीमा अचानक समस्या देखिएपछि उनलाई पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

प्राप्त जानकारीअनुसार, गृहमन्त्री श्रेष्ठको स्वास्थ्यावस्था अहिले खतरामुक्त रहेको छ । तर चिकित्सकहरूले २४ घण्टासम्म अब्जर्भेशनमा राख्नुपर्ने बताएका छन्‌ ।

प्रतिक्रिया दिनुहोस