aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अमेरिकी रेटिङ एजेन्सीले इजरायललाई राख्यो ‘नकारात्मक मूल्याङ्कन वाच’मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ कार्तिक २०८०
अमेरिकी रेटिङ एजेन्सीले इजरायललाई राख्यो ‘नकारात्मक मूल्याङ्कन वाच’मा
युद्द्का दौरान इजरायलमा भत्केको घर

एजेन्सी। अमेरिकामा रहेको चर्चित क्रेडिट रेटिङ एजेन्सी फिचले गाजा द्वन्द्वबाट उत्पन्न हुने भूराजनीतिक जोखिमका कारण मङ्गलवार इजरायलको ए+ (ए प्लस) सार्वभौम क्रेडिट स्कोरलाई 'नकारात्मक रेटिङ वाच' मा राखेको छ। एक लामो द्वन्द्वले देशको क्रेडिट स्कोरमा उल्लेखनीय गिरावट ल्याउन सक्छ भन्दै सो एजेन्सीले इजरायललाई नकारात्मक मूल्याङ्कन वाचमा राखेको हो।

यस्तो नकारात्मक मुल्यांकनले लामो समयसम्म चलिरहेको द्वन्द्वले धेरै व्यक्तिहरूलाई समावेश गर्न सक्ने जोखिमलाई प्रतिबिम्बित गर्दछ। हालको घटनाले गर्न सक्ने शत्रुताको विस्तार, मानवीय क्षतिको अतिरिक्त बढ्दो अतिरिक्त सैन्य खर्च, पूर्वाधारको विनाश, उपभोक्ताको आर्थिक अवस्थामा आउने ह्रास र लगानीको विश्वासमा दिगो परिवर्तन हुन सक्ने सो कम्पनीले बताएको छ।

मूल्याङ्कन एजेन्सीका अनुसार, यी सबै कारकहरूले इजरायलको क्रेडिट मेट्रिक्सलाई उल्लेखनीय रूपमा बिगार्नेछ। इजरायलको गतिशील र  उच्च-मूल्यको अर्थतन्त्रलाई क्षेत्रीय द्वन्द्वले असर गर्ने फिचले बताएको छ।

इजरायललाई फिच वा अन्य अन्तर्राष्ट्रिय मूल्याङ्कन एजेन्सीहरू जस्तै: एस एन्ड पी ग्लोबल र मोडजीद्वारा कहिल्यै पनि डाउन ग्रेड गरिएको थिएन । यद्यपि, मुडीजले पनि गत हप्ता लामो समयसम्मको द्वन्द्वले देशको क्रेडिट मूल्याङ्कनलाई चोट पुर्‍याउन सक्ने चेतावनी भने दिएको थियो।

प्रतिक्रिया दिनुहोस