aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भिखारीसंग लाखौंको सम्पत्ति,  बैंकमा फिक्स डिपोजिट समेत भेटियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ असोज २०७६
भिखारीसंग लाखौंको सम्पत्ति,  बैंकमा फिक्स डिपोजिट समेत भेटियो

एजेन्सी ।भारतको मुम्बई शहरको गोवंडी इलाकामा एक अनौठो घटना भएको छ । यहाँको एउटा झोपडीमा बस्ने एक भिखारीसंग लाखौं रुपयाँ रहेको तथ्य खुलेको छ ।

तर, यो कुरा त्यो बेला खुल्यो जब त्यहाँ उक्त भिखारीको मृत्यु भयो । मुम्बई पुलिसले बताए अनुसार अक्टोबर ४ को दिन साँझ ७:४० मा उनि गोवंडीबाट मनखुर्दजाने रेलवे ट्रयाकमा घाइते भएका थिए । राजावाडी अस्पतालमा पुर्याएपछी उनि मृत घोषित भएको समाचारमा जनाइएको छ । 

त्यसपछि जव पुलिस उनको झोपडीमा पुग्यो त्यहाँ अचम्मका कुराहरु भेटिए । प्रहरीले ८.७७ लाख रुपयाँ बैंकमा फिक्स डिपोजिट राखेको कागज फेला पर्यो । त्यतिमात्र होइन उनको बैंक  खातामा ९६ हजार रुपयाँ समेत फेलापर्यो । प्रहरीले उनको झुपडीमा फेला परेको ५० पैसा, एक रुपयाँ, दुई र पांच रुपयांको सिक्का, नोट गन्दा समे एक लाख ४७ हजार रुपयाँ रहेको पाईएको थियो ।

उनले आफुसंग यति पैसा रहेको बारे कसैलाई सुइँको समेत दिएका थिएनन् । प्रहरीले पछि अनुसन्धानको क्रममा जानकारी पाए अनुसार राजस्थानको बिराड़ीचंदका बासिन्दा उनका दुई जना छोराहरु समेत छन् । 

प्रतिक्रिया दिनुहोस