
काठमाडौं । गैरआवासीय नेपाली संघको ११औं महाधिवेशनमा भाँडभैलो भएको छ । चिर्वाचनमा प्रणाली ह्याक गरेर डा.बद्री केसी निर्वाचित भएको घोषणा भएपछि भाँडभैलो भएको हो ।
केसीसँग प्रतिस्पर्धा गरेका अन्य दुई उम्मेदवारले अनलाइन भोटिङ प्रणाली कब्जा गरेर चुनावमा धाँधली गरिएको आरोप लगाएका छन् । महासचिवका एक उम्मेदवारको काठमाडौंबाट झरेको मत शून्य देखाइएपछि उम्मेदवारहरुले मत परिणाममाथि शंका गरेका हुन् । काठमाडौंबाट ८०० भन्दा धेरैले मत खसालेका थिए ।
निर्वाचनमा बद्री केसी १३७८ मत ल्याएर विजयी भएको घोषणा गरिएको छ । यस्तै आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस