aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

इजरायल–हमास युद्ध कायरोमा विषेश बैठक, कुन कुन देश सहभागी छन् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ कार्तिक २०८०
इजरायल–हमास युद्ध कायरोमा विषेश बैठक, कुन कुन देश सहभागी छन् ?

एजेन्सी । इजरायल–हमास युद्धको आज १५ औं दिन हो । यसैबीच, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीको नेतृत्वमा दुई पक्षबीच युद्धविराम स्थापना गर्न कायरोमा शिखर बैठक चलिरहेको छ । यसमा कतार, युएई, इटाली, स्पेन, ग्रीस, क्यानडा र युरोपेली काउन्सिललगायत १० भन्दा बढी देशका प्रतिनिधि सहभागी छन् ।

शिखर सम्मेलनमा प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले चुनौती जस्तोसुकै भए पनि आफ्नो भूमि छोडेर कतै नजाने बताए । उनले इजरायलले विद्यालय, अस्पताल, महिला र बालबालिकालाई बमबारी गरेको बताए । उनीहरुले हरेक किसिमको मानवीय कानुनको उल्लंघन गरेका छन् ।

यसअघि जोर्डनका राजा अब्दुल्लाह द्वितीयले प्यालेस्टाइनीको मृत्युमा पश्चिमी देशहरूको मौनताको निन्दा गरेका थिए । उनले प्यालेस्टिनीहरूलाई घरबारविहीन बनाउनु सम्पूर्ण अरब विश्वका लागि चिन्ताको विषय भएको बताए। इजिप्टका राष्ट्रपति अब्देल फताह अल(सिसीले इजिप्टको रफाह क्रसिङ अब गाजाका जनतालाई सहयोग गर्न खुला रहने घोषणा गरेका छन्।

इजिप्ट र गाजा बीचको राफा क्रसिङबाट प्यालेस्टिनीहरूलाई अत्यावश्यक वस्तुहरू पुर्‍याउने प्रक्रिया सुरु भएको छ। हालसम्म २० ट्रक अत्यावश्यक सामान लिएर गाजा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस