aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आज महाष्टमी पर्व, शक्तिको आराधना गर्ने कालरात्रि पूजा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ कार्तिक २०८०
आज महाष्टमी पर्व, शक्तिको आराधना गर्ने कालरात्रि पूजा

काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज हिन्दु धर्मावलम्बी नेपालीले बडादसैँका रुपमा दुर्गा भवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदै छन् । बडादसैँको आठौँ दिन आज महाकालीमहालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ ।

महाअष्टमीको दिन दुर्गा भवानीलाई थप शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व छ ।

आजको दिन शास्त्रसम्मतरुपमा दशैंघरकोतलगायत राज्यका विभिन्न शक्ति पीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशतीश्रीमद्भागवत र देवी स्तोत्र पाठ गरिन्छ ।

ब्राह्मणका लागि भने पशु बलि वर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशु बलिको महत्त्व रहेको धर्मशास्त्रविद्को भनाइ छ । आजैका दिन राति कालरात्रि पशु बलिको विधि र पूजाराधनासहित मनाइन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्त्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।

आजका दिन काठमाडौं उपत्यकाभित्रका शक्ति पीठ गुह्येश्वरीमैतीदेवीकालिका स्थानभद्रकालीनक्साल भगवतीशोभा भगवतीविजेश्वरीइन्द्रायणीरक्त कालीबज्रयोगिनीसङ्कटावज्रवाराहीदक्षिणकालीचामुण्डासुन्दरी माईलगायत मन्दिरमा पनि बलिसहित पूजाआजा गर्नेहरूको बिहानैदेखि भीड लागेको छ ।

यसै गरी उपत्यका बाहिरका नुवाकोटका जाल्पामाई र भैरवीगोरखाको मनकामनापर्साको गहवामाईसप्तरीको छिन्नमस्ता भगवतीधनुषाको राजदेवीडडेलधुराको उग्रताराकाभे्रपलाञ्चोकका चण्डेश्वरीनाला भगवती र पलाञ्चोक भगवतीसिन्धुपाल्चोकको पाल्चोक भगवतीदोलखाको कालीञ्चोक भगवतीलगायत शक्ति पीठमा पनि बलिसहित पूजाराधना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लाग्छ ।  

आजको दिन कलपुर्जाहातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएका स्थानमा राखी पशु बलिसहित पूजाआजा गरिन्छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो ।

देवीका शस्त्रास्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा  गरिन्छ । पशु बलि नचढाउनेहरूले भने आज पूजा कोठामा आआफ्नो कुल परम्परानुसार काँक्रोघिरौँलाकुभिन्डोमुलानरिवल आदि बलि चढाई पूजाआजा गर्छन् ।

महाष्टमीका दिन राति हनुमान ढोकाको दशैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिएको छ । त्यहाँ घटस्थापनादेखि विजयादशमीको दिनसम्म निरन्तर बलि दिने गरिन्छ । फूलपाती भित्र्याउँदा पनि बलिसहित पूजाराधना गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस