aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

धादिङको खरी केन्द्रबिन्दु बनाएर ४.१ रिक्टर स्केलको भूकम्प

  • रासस
    रासस
  • आइतबार, ०५ कार्तिक २०८०
धादिङको खरी केन्द्रबिन्दु बनाएर ४.१ रिक्टर स्केलको भूकम्प

  काठमाडौं ।  धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ४ दशमलव १ रिक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । काठमाडौं उपत्यकालगायत धादिङ आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस