aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पाल्पाको बराङ्ग्दी खोलामा खस्दा ६ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ कार्तिक २०८०
पाल्पाको बराङ्ग्दी खोलामा खस्दा ६ जनाको मृत्यु

काठमाडौं । पाल्पाको बराङ्ग्दी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ ।  पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुण्ठ पहाडबाट  खस्दा दुर्घटना भएको होे । बागमती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा मृत्यु हुनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । 

प्रहरीका अनुसार एक जना घाइते भएका छन् । जीपका चालक घाइते भएको पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले जानकारी दिए । घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाटका साथे जिल्लाबाट गएको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्दारमा खटिएको छ । दुर्घटना अफ्ट्यारो खोचमा भएकाले उद्धारमा कठिनाइ भएको छ ।

प्रतिक्रिया दिनुहोस