aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सशस्त्रले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ कार्तिक २०८०
सशस्त्रले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने

काठमाडौं ।  दशैको टिकाको दिन सशस्त्र प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।  दशैंको टीका ग्रहणका लागि आवातजावतका लागि सहजताका लागि उपत्यका दुई वटा रुटमा निःशुल्क सेवा दिने सशस्त्रले जनाएको छ ।

बिहान ८ः३० बजे र अपराह्न ४ बजे गरी दुई चरण्मा निःशुल्क बस सञ्चालन हुने सशस्त्रले जनाएको छ ।  बा १ ग २५९१ नम्बरको बसले नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलिसडक, कृष्णपाउरोटी, जय नेपाल हुदै पुनस्नक्शालसम्म निःशुल्क सेवा दिनेछ ।

अर्को बा१ग २६०८ नम्बरको बसले, नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट रातोपुल, गौशाला, एअरपोर्ट, कोटेश्वर, नयाँ ठिमी, सल्लाघारी, सूर्यबिनायक चोकबाट सोही रुट फिर्ता भएर कोटेश्वर, गौशाला, चाबहिल, सुकेधारा, महाराजगञ्ज, शिक्षण अस्पताल, बालुवाटार हुँदै पुनः नक्शालसम्म निस्शुल्क सेवा सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस