
काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए) राजेन्द्रकुमार शर्माको नेतृत्वको टोलीले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचण्ड), अर्थमन्त्री डा. प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्दै आफू नै एनआरएनएको आधिकारीक टिम भएको दावी गरेका छन् ।
आइतबार सम्पन्न भएको एनआरएनए विश्व सम्मेलनले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको उनीहरुको दाबी छ भने अर्कोतिर डा. बद्री केसीले आफुले जितेको भन्दै शनिबार नै सपथ ग्रहण पनि गरिसकेका छन् । यता सोमबार आज शर्माको टोली एनआरएनएको केन्द्रीय कार्यालय बालुवाटारमा गएर पद तथा गोपिनीयताको सपथ समेत लिएका छन् ।
एनआरएनएको शर्मा नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री महतले नेपालको आर्थिक विकासको लागि एनआरएनएसँग सहकार्य गरेर अगाडि बढ्ने र रेमिटेन्स रकमलाई उत्पादन मूलक क्षेत्रमा लग्नको लागि आफूले आवश्यक नीति लिने प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा एनआरएनए अध्यक्ष शर्मा सहित पूर्वअध्यक्ष कुल आचार्य, सल्लाहकार महेश श्रेष्ठ, उपाध्यक्ष गोविन्द श्रेष्ठ, गंगाधर गौतम, महासचिव बुद्धिसागर सुवेदी, उपमहासचिव प्रविन गुरुङ, सचिव टंक गैरे, मनोज श्रेष्ठ गोर्खाली, कोषाध्यक्ष ठाकुर ढुंगाना, एनसीसी बेल्जियम अध्यक्ष सीता सापकोटा, एनआरएन अभियन्ता डिबी क्षेत्री, नारायण आचार्य, युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा लगायत अभियन्ताहरू सहभागी थिए ।
एनआरएनएको ११ औं सम्मेलनमा नेपालका राजनीतिक दलहरुको द लगत सहभागीत स्पष्ट नै देखिन्थ्यो । डा. बद्री केसी नेकपा एमाललेको तर्फबाट चुनावी मैदानमा भएको देख्नसकिन्थ्यो भने आरके शर्मा नेकपा माओवादी पक्षबाट चुनावी मैदानमा रहेको देख्न सकिन्थ्यो । महेश श्रेष्ठ नेपाली काँग्रेस समर्थीत उम्मेदवार थिए ।
त्यस्तै, विहीबार भएको निर्वाचनमा अध्यक्ष पदमा डा. बद्री केसी १३७८ मत पाएर विजयी भए तर, आरके शर्मा १२८१ मत पाएर हारेपछि उनले अनलाइन मतदानमा प्रणाली ह्याक गरेर जितेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस