aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

दशैंमा पनि खुल्लै छ एड्भेन्चर हब द क्लिफ, स्वीङ र टेण्डम  स्वीङ गर्नेलाई छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ कार्तिक २०८०
दशैंमा पनि खुल्लै छ एड्भेन्चर हब द क्लिफ, स्वीङ र टेण्डम  स्वीङ गर्नेलाई छुट

काठमाडौं । एड्भेन्चर हब द क्लिफ दशैंमा पनि बन्द नहुने भएको छ । दशैँमा घुम्न निस्कने पर्यटक र पढाइ तथा अन्य विभिन्न कामको शीलशीलामा टाढा रहि दशैंको समयमा घर आएका स्थानियलाई लक्षित गरि एड्भेन्चर गतिविधि साथै रिसोर्ट खुल्लै राखिएको द क्लिफ प्रमुख कार्यकारी अधिकृत ईश्वर कार्कीले जानकारी दिए ।

साथै दशैंको अवसरमा स्वीङ र टेण्डम (जोडी) स्वीङ खेल्नेले १० प्रतिशत छुटको पाउनेछन् । कम्पनीले दशैलाई लक्षित गरी छुटको घोषणा गरेको हो । कार्कीका अनुसार दशैंमा पीङ खेलिने भएर स्वीङमा छुट दिइएको हो । छुट अक्टोबर अन्तिमसम्म लागू हुनेछ ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ ।

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सन्चालनमा छन् । 

प्रतिक्रिया दिनुहोस