
मानव स्वास्थ्यको सबैभन्दा महत्त्वपूर्ण भाग भनेको पेट नै हो । यदि पेटलाई स्वस्थ खाना दियौँ भने यसले हाम्रो सम्पूर्ण शरीरलाई स्वस्थ राख्छ । तर, आजको दौडधुपको जीवनमा सबैलाई स्वस्थ आहारको सट्टा बाहिरको, भुटेको, फास्ट फुड खाने बानी परेको छ । जसको असर हाम्रो पेटमा हुँदै सिङ्गो शरीरमा नै पर्ने परेको छ । यस्तो अवस्थामा पेटको स्वास्थ्यमा बढी महत्त्व दिन जरुरी हुन्छ ।
आयुर्वेदमा अग्नि शब्दको अर्थ मेटाबोलिक फायर हो, अर्थात् खाना पचाउने ऊर्जा । यो क्रममा खानामा भएको पोषक तत्त्वलाई शरीरको बाँकी भागमा अवशोषित गर्ने काम हुन्छ । अग्निले खानालाई ऊर्जामा परिणत गर्छ जुन शरीरको बाँकी कामका लागि आवश्यक हुन्छ ।
असन्तुलित अग्नि भनेको सामान्यतया पेटको खराब स्वास्थ्य हो । यसले भोक, थकान, भारीपन र आलस्य कम गर्दछ । यस बाहेक आयुर्वेदमा ग्यास, कब्जियत, छाला सुख्खा हुनु, अनिद्रा, गिजा कमजोर हुनु, मांसपेशीमा दुखाई तथा बाउँडिने हुनु आन्द्राको स्वास्थ्य खराब भएको सङ्केत हुन ।
जिब्रोमा लामो समयदेखि सेतो कोटिंग छ ? यसको मतलब पेटले तपाईँसँग गुनासो गरिरहेको छ । सेतो जिब्रो पाचन प्रणालीमा दबाब छ भन्ने चेतावनी सङ्केत हो । जब जिब्रोमा भारी कोटिंग हुन्छ, तब सेतो देखिन थाल्छ ।
यदि तपाईँलाई एसिडिटी, ग्यास, पेट फुल्ने, दुखाइ, बारम्बार डकार आउने र पेट फुल्ने जस्ता समस्याहरू छन् भने यो पनि पेटको स्वास्थ्य कमजोर भएको सङ्केत हो । कब्जियत वा पखालाले पेटको खराब स्वास्थ्यलाई सङ्केत गर्दछ । फाइबरयुक्त खानेकुरालाई आफ्नो आहारमा समावेश गर्नु राम्रो हुन्छ ।
यदि कब्जियत छ भने, प्रशस्त तरकारी, फलफूल, सम्पूर्ण अन्न र चोकर समावेश गर्नुहोस् । तर पखाला लाग्दा केरा, चामल र स्याउको सेवन गर्नु राम्रो हुन्छ । यी खानेकुरा हल्का हुने भएकाले यसले पेट खराब गर्दैन । यसबाहेक, तिनीहरूले पेटमा खाना बाँध्ने काम पनि गर्छन् । यदि तपाईँलाई पनि यी मध्ये कुनै लक्षण छन् भने यसलाई बेवास्ता नगर्नुहोस् र तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुहोस् ।
आयुर्वेद विज्ञहरू समग्र स्वास्थ्यका लागि पेट स्वस्थ्य हुनु आवश्यक रहेको र खाना स्वस्थ्य भए मात्रै स्वस्थ हुने बताउँछन् । यदि तपाईँले यहाँ दिइएको टिप्स पालना गर्नु भयो भने, तपाईँले पनि आफ्नो पेटको हेरचाह गर्न सक्नुहुन्छ र यसलाई रोग लाग्नबाट बचाउन सक्नुहुन्छ ।
साँच्चै भोक लागेको बेला मात्र खाना खानुहोस् । भोक लाग्नुको अर्थ हो कि तपाईँले पछिल्लो पटक खाएको खाना पूर्ण रूपमा पचिएको छ । कहिलेकाहीँ हाम्रो घाँटी सुख्खा हुन्छ र हाम्रो पेट खाली भएको महसुस हुन्छ । यस्तो अवस्थामा पानी पिउनुभयो भने तपाई भित्रको भोकको अनुभूति तुरुन्तै समाप्त हुन्छ । तर, खाना ठिक्क खानु पर्छ, न कम न बेसी ।
सबैले शान्त र आरामसँग खाना खानुपर्छ । टेलिभिजन, किताब, फोन वा ल्यापटपमा समय बिताएका बेला खाना नखानुस् । किनकि खाना खाँदा खानामा मात्र ध्यान दिनुपर्छ ।
शरीरलाई स्वस्थ राख्नका लागि स्वास्थ्यकर खानेकुरा खाने र सही मात्रामा सेवन गर्नु आवश्यक छ । तर यसका साथसाथै यो पनि महत्त्वपूर्ण छ कि फ्रिजमा राखेको खानेकुरा स्वास्थ्यकर होइन । ताजा बनाएको खाना खानुहोस् । ताजा खाना खाँदा पेटको स्वास्थ्य निकै राम्रो रहन्छ । स्वास्थ्यकर खानाको साथसाथै यसलाई समयमै खानु पनि अति आवश्यक हुन्छ ।
प्रतिक्रिया दिनुहोस