
हिन्दु नेपालीको महान् चाड हो, दशैं । दशैं भन्ने बित्तिकै खानपान जोडिन्छ । तर, दशैँको रमझममा रमाउँदै गर्दा स्वास्थ्य प्रति पनि सजगता अपनाउन चिकित्सकले बारम्बार सजग गराउँदै आएका छन् ।
मांसाहारीले दशैंमा मिलेसम्म घरमै खसी काट्ने नभए छिमेकसँग मिल्ने या बजारबाट मासु ल्याएर पकाउने चलन नै छ । रातो टीका र जमराको पर्व भनेर चिनिने दशैं मासुबिना टार्न हत्तपत्त नेपालीको मन मान्दैन ।
तर, रोग पालेर बसेकाहरूको लागि थोरै सावधानी नअपनाए दशैं दशा बन्न सक्छ । मुटु रोगीको लागि मात्र हैन सामान्य ग्यास्ट्राइटिस लागि धेरै मासु खाँदा केही कुरामा भने ध्यान पुर्याउनु जरुरी छ । सामान्य कुरालाई बेवास्ता गरे, अस्पतालमा बास हुन सक्छ, दशैंमा ।
मानव शरीरमा धेरै हुने समस्यामध्ये ग्यास्ट्रिक पनि एक हो। खानपानको असन्तुलन र हेलचेक्र्याइँ गरेमा यो रोग लाग्दछ । चिकित्सकीय भाषामा ‘प्रिभ्रेन्सन इज बेटर द्यान क्युर’ भनिन्छ । त्यसैले रोग लाग्नु भन्दा पहिले सावधानी अपनाए रोग लाग्नै रोक्न सकिन्छ । ७५ प्रतिशतभन्दा बढी मानिसलाई खानपिनको कारण ग्यास्ट्रिक भएको देखिन्छ ।
अहिले ग्यास्ट्राइटिस नभएको मानिस नेपाली हुन सक्दैन भन्ने गरिन्छ । यो एकदम गलत हो । खानपिनमा सन्तुलन मिलायो भने ग्यास्ट्राइटिसले छुँदैन । वास्तवमा ग्यास्ट्राइटिस रोग नै होइन । तर, यसले दसैँमा धेरैलाई पिरोल्छ ।
शारीरिक व्यायमगर्ने, चिल्लो पिरो नखाने र योग गर्ने हो भने ग्यास्ट्राइटिस आफै हराएर जान्छ । तर, ग्यास्ट्राइटिस हुँदा हेलचेक्राइगर्ने थाल्यो भने अल्सर, क्यान्सर जस्ता खतरनाक रोग लाग्न सक्छ ।
दशैको बेला चिल्लो पिरो नखाने भन्ने असम्भव जस्तै छ। तर, अरू खानासँग सन्तुलन मिलाएर खाएमा धेरै असर हुन्न । खाली पेटमा र एकै पटक धेरै खानु मासु खानु हुन्न। त्यस्तै पकाउँदा पिरो र चिल्लो कम गर्नु पर्छ । ग्यास्ट्राइटिसबाट अल्सर र क्यान्सर हुने हुँदा खानपानमा विशेष ध्यान पुर्याउनु पर्छ ।
के खाने ?
फाइबरयुक्त, भिटामिन युक्त होलग्रेन्स खाना, क्याल्सियम, एन्टी अक्सिडेन्ट, कुखुराको मासु, माछा, हरियो सागपात गेडागुडी र अण्डा समय मिलाएर खानुपर्छ ।
प्रचुर मात्रामा प्रोटिन युक्त खाना जस्तै माछा, मासु, गेडागुडीले पनि एचपाइलोरी क्रोनिक ग्यास्ट्राइटिसको सङ्क्रमणबाट जोगाउने पत्ता लागेको छ। तर, यसको मात्रा मिलाउनु पर्छ। मासुले ग्यास्ट्राइटिस ठिक हुन्छ भनेर मासु मात्र खानुहुन्न । दहीमा हुने ’प्रोबायोटिक बटर मिल्क’ले पनि ग्यास्ट्रिकलाई ठिक गर्न सहयोग गर्छ ।
अमिलो जातका फलफूल, गेडागुडी, पिँडालु, प्याज, काउलीमा पाइने फ्लेमोन्वाइडस अनि स्याउ, बेसार, ग्रीन टी, अङ्गुरमा पाइने पोलीफिनोल्सले पेटको सङ्क्रमण गर्ने एचपाइलोरी ब्याक्टेरिया फैलिनबाट जोगाउँछ ।
के नखाने ?
कोल्ड ड्रिङ्क्स, चिया, कफी, बढी चिल्लो बोसो भएको खाना, मैदाबाट बनेको खानेकुरा जस्तै पास्ता, सेतो ब्रेड, कुकिज केक, चिनी, धुमपान, मद्यपान, पोलेका मासुहरू नखाने गर्नुपर्छ ।
यसबाहेक अनावश्यक रुपमा दुखाई कम गर्ने पेन किलर औषधीहरू सेवन नगर्ने, सेकुवा लगायतका पोलेका खानेकुरा, मद्यपान र धुमपान नगर्ने, खाना एकै पटक धेरै खानु भन्दा थोरै÷थोरै पटक÷पटक गरेर खाने। नियमित समयमा सुत्ने र नियमित समयमा उठ्ने कुरालाई इमानदार भएर पालन गर्ने गर्नु पर्छ ।
समयमा नै एचपाइलोरी कीटाणुको जाँच अनि उपचार गर्ने जसले अल्सर र क्यान्सर जस्तो ठूलो रोगबाट जोगाउँछ । आफन्त, छिमेकी र साथीभाइको कुरा सुनेर प्रमाणित नभएका विभिन्न औषधीहरू र जडीबुटीको सेवन नगर्ने, विशेषज्ञ डाक्टरसँग जँचाएर उनको सल्लाहअनुसार औषधी सेवन गर्ने र अनुशासित जीवन शैली अपनाउने गर्नु पर्छ ।
प्रतिक्रिया दिनुहोस