
काठमाडौं । चाडपर्वमा खानपानले बढी महत्व पाउने गर्छ । दसैंमा मासु, मदिरा र मिठाईको अत्यधिक प्रयोग गरिन्छ । तर, यसले हृदयघात, मस्तिष्कघात जस्ता रोगको सम्भावना बढाउने गर्छ ।
विशेषगरी मासुजन्य खानेकुरा, चिल्लो, गुलियो, नुनिलो, तारेका खानेकुरा, जंकफुड आदिको अत्यधिक प्रयोग स्वास्थ्यका दृष्टिकोणले लाभदायी मानिँदैन । बढी चिल्लो र कोलेस्ट्रोलयुक्त खानेकुराले रक्तचाप, हृदयघात, मस्तिष्कघात र मुटुसम्बन्धी समस्या निम्त्याउँछ । त्यस्तै, पेटसम्बन्धी समस्या, फुड पोइजन, अल्सर, युरिक एसिड, मोटोपनजस्ता रोग लाग्ने सम्भावना अधिक हुन्छ ।
त्यसैले चाडबाडमा रमाइलोसँगै हामीले खानपानमा पनि ध्यान दिनुपर्छ । जसकारण हामीले रातो मासु कम खाने, तारेको खानेकुरा नखाने, प्याकेट वा बोतलका जुस प्रयोग नगर्ने, चिनी, घिउ र क्रिमको प्रयोग कम गर्ने र फलफूल र सागसब्जी धेरै खाने गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस