aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

३ तोलाको सुनको सिक्री  लुटी फरार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ असोज २०७६
३ तोलाको सुनको सिक्री  लुटी फरार

काठमाडौं । टोखा नगरपालिका-११ महादेवटार हाईट बस्ने ६५ वर्षीया सिलमाया तामाङको करिब ३ तोलाको सुनको सिक्री बिहीबार बिहान लुटपाट भएको छ । 

घर अगाडि रोड छेउमा मुख धुने क्रममा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका व्यक्तिहरुले उक्त सिक्री लुटी फरार भएको बताइएको छ । लुटपाटमा संलग्न फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस