
काठमाडौं । हालै एक संचारमाध्यमलाई चिनियाँ राष्ट्रपति सी जीनफिङको आसन्न नेपाल भ्रमणबारे अन्तर्वार्ता दिंदै नेकपाका नेता तथा सांसद राम कार्कीले भने,'घोडी चढेर आउने मामाले सोली भरी पापा ल्याउंछन् भनेर मक्ख नपरौं ।'
के त्यसो भए चिनियाँ राष्ट्रपतिको भ्रमणबाट नेपाललाई आर्थिक लाभ हुँदैन त ? यो यस्तो अहम प्रश्न हो कि यसको सिधा जवाफ दिन गाह्रो छ । चिनियाँ राष्ट्रपतिले नेपाललाई के कस्ता आस्वासन दिन्छन् भन्ने कुराले धेरै कुरा निर्धारण गर्छ । नेपालले रेल मार्ग लगायतका महंगा परियोजनाहरुका लागि ऋण लिन्छ वा अनुदान लिन सक्छ भन्ने कुराले पनि आर्थिक रुपमा यसले कतिको लाभ दिन्छ भन्ने निर्क्यौल हुन्छ । तर, कतिपयले अलापे जस्तो सी चिनफिङको नेपाल भ्रमण स्थगित नै हुनुपर्छ भन्ने कुरा चाहिं नचाहिँदो र राष्ट्रहित बिपरितको कुरा हो । नेपालको लागि यो एक एतिहासिक अवसर हो ।
तथापी हामीले बुझ्नै पर्ने यो हो कि नेपालको विकास नेपाली पैसाले नै हुने हो । कसैले दिएको पैसा वा ऋणको रकमले हामीले समृद्द नेपाल निर्माण गर्ने होइन । छिमेकि अर्थतन्त्रले तानेर हामीलाई समकक्षी हैसियतमा पुर्याउने होइन । चीन अहिले नेपालबाट के खोज्दैछ भन्ने कुरालाई बुझेर त्यहिँ हाम्रा स्वार्थहरु अगाडी सार्नु मै मात्र नेपालको हित हुन् सक्छ ।यो रणनीतिको पाटो छोडेर आउनुहोस एकछिन चर्चा गरौँ, हामीले यतिधेरै आश गरेको मुलुक चीन कसरी धनि बन्न सफल भयो ।
यस्तो छ चीनको बिकास सुत्र
चीन आजको आर्थिक महाशक्ति बन्नको लागि त्यहाँका तीन जना नेताको महत्वपूर्ण योगदान छ । ति नेताहरु हुन्, इसमें माओत्से तुंग, देङ्ग श्याओपिंग और वर्तमान राष्ट्रपति शी जिनपिंग । सन् १९७८ मा श्याओपिंगले आर्थिक क्रांतिको शुरुवात गरे । हो, त्यही नीतिको आधारमा चीन आज आर्थिक महाशक्ति बन्न सफल भएको छ । अहिले वर्तमान राष्ट्रपति शी जिनपिंगले त्यहिँ गतिले यसलाई अगाडी बढाईरहेका छन् ।
यहाँ स्मरणीय यो छ कि कुनै जमानामा चीनमा करोडौं मानिसहरु गरीबीका कारण मर्न बाध्य भएका थिए। अझ सन् १९५० को दशक त मानवीय संकटमा नै गुज्रिएको थियो । पछि ६० को दशकमा मानिसहरु अकालमा मर्न बाध्य हुँदा स्थिति झन् बिग्रियो । तर, सन् १९७६ मा माओको देहान्त पछि देङ्ग श्याओपिंगले नयाँ आर्थिक क्रान्ति थाले जसले ४० वर्षमा चीनलाई संसारको दोस्रो आर्थिक महाशक्ति बनायो ।
यसरी चीन सफल हुनुमा केहि कारणहरु छन् । पहिलो, अमेरिका र जापान बीच व्यापार युद्द चलिरहेको बेला चीनले ठुला उद्योगहरु चीनमा आउँ आब्हान गर्यो । उसले त्यहाँ औधोगिक क्षेत्र समेत निर्माण गर्यो र निर्यातजन्य उद्योगका लागि धेरै सुविधाहरु समेत दियो । दोस्रो काम के थियो भने चीनले आफ्ना घरेलु उद्योगहरुलाई ति ठुला उद्योगसंग जोड्यो । अनि प्रविधि अनुसन्धान र बिकासमा पनि लगानी गर्यो ।
जव चीनको विकासगति बढ्यो उसले प्रविधिको बिकासमा ठुलो लगानी गर्यो । बिज्ञान र प्रविधिको क्षेत्रमा उ चांडै सुपरपावर बन्न सफल भयो । उसले आफ्नो मुद्र्को मुल्य यति कम राख्यो कि जसको कारण चीनमा उत्पादित वस्तुहरु बिश्व मै सस्तो मुल्यमा बिक्रि गर्न सम्भव भयो अनि विश्व बजार चिनियाँ उत्पादनको कब्जामा आयो। त्यसपछि चीन उत्पादन केन्द्रमा रुपान्तरण भयो अनि सबैप्रकारका सामग्रीको उत्पादन गर्ने मुलुक बन्यो ।
नेपालले के सिक्ने ?
नेपालले चीनबाट धेरै सिक्न सक्छ तर ति सबै नसिके पनि हुन्छ । के चाहिं जान्नै पर्यो भने विश्व ब्यापारमा कहाँ संकट छ र त्यो संकटबाट आफुले कसरी लाभ लिन सकिन्छ भन्ने हेर्नु पर्छ । अमेरिका र चीनको व्यापार द्वन्दलाई यदि चीनले अवसरको रुपमा लिन नसकेको भए आज चीन यो अवस्थामा हुने थिएन। उसले बाटो बनाउन पैसा मागेन बरु उद्योग खोल भन्यो। उनीहरुको समान बेचेर आउने राजस्वमा भर परेन बरु आफै प्रविधिको बिकासमा लाग्यो। आफ्ना घरेलु उद्योग बन्द गरेन तर तिनलाई ठुला उद्योगको सहयोगी बनायो । हो, यी नै हुन् चीनबाट सिक्नुपर्ने कुरा । फेरिपनि दोहोर्याउँ, हामी चीनका 'मामा'ले ल्याउने 'पापा'मा लोभिनु हुँदैन । बरु, चिनियाँ विकास र समृद्धिको यात्राबाट सिकौं र नेपाली मोडलमा यसलाई ढालौं। पाहुना त आउँछन्, जान्छन् ।
प्रतिक्रिया दिनुहोस