
एजेन्सी । अगस्टदेखि कुनै पनि सार्वजनिक मञ्चमा नदेखिएका चीनका रक्षामन्त्री ली साङ्फुलाई अन्ततः पदबाट हटाइएको छ । तर, सँधै झैँ यस मामिलामा पनि धेरै प्रश्नको जवाफ पाउन सकिएन ।
‘साउथ चाइना मर्निङ पोस्ट’ अर्थात् एससीएमपीले मंगलबार साँझ जारी गरेको रिपोर्ट अनुसार अमेरिकाले साङ्फुमा केही प्रतिबन्ध लगाएको थियो। उनी पछिल्लो पटक अगस्टमा सार्वजनिक मञ्चमा देखिएका थिए । नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिले साङ्फुलाई हटाएको छ।
शाङफुभन्दा अघि विदेशमन्त्री छियान गेङलाई पनि जुलाईमा यस्तै प्रकारले हटाइयो। गेङ एक टिभी एन्करसँगको अफेयरका कारण चर्चामा थिए ।
यसै साताको अन्त्यमा अमेरिकी रक्षा मन्त्रालयको प्रतिनिधिमण्डल महत्वपूर्ण वार्ताका लागि बेइजिङ पुग्दैछ । यसअघि साङ्फुलाई हटाउने घोषणा गरिएको थियो । नयाँ रक्षामन्त्रीको नाम भने अझै सार्वजनिक भएको छैन ।
विदेशमन्त्री गेङलाई हटाइएपछि उनको स्थानमा वाङ यीलाई यो पद दिइएको थियो। गेङअघि वाङ विदेशमन्त्री थिए र पछि राष्ट्रपति सी जिनपिङको विशेष सल्लाहकार बनेका थिए। तर, यी दुवै मन्त्रीलाई पदबाट मात्रै हटाइएन, सल्लाहकार पद पनि खोसिएको छ । यी पदहरूमा कुनै प्रतिस्थापन पनि घोषणा गरिएको छैन।
प्रतिक्रिया दिनुहोस