aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

मन्त्रिपरिषदका निर्णय सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ असोज २०७६
मन्त्रिपरिषदका निर्णय सार्वजनिक
तस्विरः रासस

काठमाडौं । सरकारले विश्व बैंकको २ अर्ब २१ करोड १३ लाख रुपैयाँ लिने निर्णय गरेको छ । गत असोज १७ गते बसेको मन्त्रिपरिषदको बैंठकले विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गतको अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको हो । 

त्यस्तै विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने निर्णय गरिएको छ । आर्थिक वर्ष ०७६र७७ मा मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृति गरेको  । 

त्यस्तै, नख्खुखोला–भैसेपाटी–बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ ।  नेपाल–भारत विद्युत व्यापार सम्झौता अन्र्तगतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौं बैठकमा उर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिइएको छ ।
 

प्रतिक्रिया दिनुहोस