aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

इजरायल–हमास युद्ध : विश्व अर्थतन्त्रका लागि सबैभन्दा ठूलो खतरा, शेयर बजार पनि ओरालो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ कार्तिक २०८०
इजरायल–हमास युद्ध : विश्व अर्थतन्त्रका लागि सबैभन्दा ठूलो खतरा, शेयर बजार पनि ओरालो

एजेन्सी । विश्व बैंकका अध्यक्ष अजय बंगाले मङ्गलबार इजरायल–हमास युद्धले विश्व अर्थतन्त्र र यसको विकासका लागि गम्भीर प्रहार हुनसक्ने बताएका छन् । साउदी अरबमा भएको लगानीकर्ता सम्मेलनलाई सम्बोधन गर्दै उनले विश्व निकै खतरनाक मोडमा उभिएको बताएका हुन ।

उनले विश्वमा धेरै कुरा भइरहेको र हालै इजरायल र गाजाबाट भूराजनीति पनि प्रभावित भएको बताए । उनले भने, यो सबै एकसाथ राख्नुहुन्छ, मलाई लाग्छ यसले आर्थिक वृद्धिमा गम्भीर प्रभाव पार्नेछ।

अजय बङ्गले भूराजनीतिक तनाव विश्व अर्थतन्त्रका लागि सबैभन्दा ठूलो खतरा भएको बताए । यस्ता कुराले तीव्र गतिमा आर्थिक जोखिम बढाउने भएकाले बेवास्ता गर्न नहुने उनको भनाइ छ ।

इजरायल–हमास युद्धपछि विश्व अर्थतन्त्रमा अनिश्चितताको वातावरण छ । जसका कारण विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इजरायल(हमास युद्ध अघि, अक्टोबर ७ मा, भारतीय शेयर बजार (सेन्सेक्स) ७५,९९६ अंकमा थियो । यस अवधिमा अमेरिकी बजार १३ हजार ४३१ अंकबाट झरेर १३ हजार १८ अंकमा पुगेको छ । यो पनि २ प्रतिशतभन्दा बढीले घटेको छ ।

अक्टोबर ७ मा हमासका आतंककारीहरूले गाजा पट्टीबाट इजरायलमा प्रवेश गरी महिला र बालबालिकासहित १४०० जनाको हत्या गरेका थिए। उनीहरुले २२२ जनालाई बन्धक बनाएका छन् । यसपछि इजरायलले गाजा पट्टीमा प्रतिशोधात्मक हवाई हमला गरेको थियो जसमा ५ हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका थिए ।

भारतीय मूलका अजय बंगा यसै वर्ष जुन २ देखि विश्व बैंकको अध्यक्ष पदमा छन् । उनको कार्यकाल ५ वर्षको छ । फेब्रुअरीमा अमेरिकी राष्ट्रपति जो बाइडेनले उनलाई यो पदका लागि मनोनयन गरेका थिए । बंगा विश्व बैंकको अध्यक्ष हुने पहिलो भारतीय(अमेरिकी हुन्। अजय बंगाको जन्म १० नोभेम्बर १९५९ मा पुणेमा भएको थियो । उनका पिता हरभजन सिंह बंगा भारतीय सेनामा लेफ्टिनेन्ट जनरल थिए। 

प्रतिक्रिया दिनुहोस