aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बिहीबार देशको पहाडी भू-भागमा आंशिक बदली हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ कार्तिक २०८०
बिहीबार देशको पहाडी भू-भागमा आंशिक बदली हुने

काठमाडौँ । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

देशका पहाडी भू-भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक९दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रबार देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस