aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सिन्धुपाल्चोकमा बस दुर्घटना – ७ जनाको मृत्यु, ६० घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ असोज २०७६
सिन्धुपाल्चोकमा बस दुर्घटना – ७ जनाको मृत्यु, ६० घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा यात्रुबाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० र ११ को सीमा क्षेत्र शिवटारबाट काठमाडौं जाँदै गरेको बा २ ख १७१५ नम्बरको  बस  इन्द्रावती गाउँपालिकाअन्तर्गतको भीमटार नजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा कम्तिमा ७  जना यात्रुको मृत्यु भएको खबर प्राप्त भएको छ । दुर्घटनामा ६० जना घाइते भएका छन् । बसमा ८० भन्दा बढी यात्रु सवार रहेको थियाे ।

उद्धारका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, इलाका प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी खटिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस