
एजेन्सी । अमेरिकाको लुइस्टन सहरमा एक बन्धुकधारीले कम्तिमा २२ जनाको हत्या गरेको छ । अमेरिकाको माइन राज्यको लेविस्टनस्थित एक रेस्टुरेन्टमा बुधबार राति भएको गोलीकाण्डमा २२ जनाको मृत्यु भएको हो ।
करिब ६० जना घाइते भएका छन् । तीमध्ये धेरैको अवस्था चिन्ताजनक छ । सीएनएनका अनुसार आक्रमणकारी अझै पक्रन नसकेकोले प्रहरीले मानिसहरूलाई लुक्न आग्रह गरेको छ। उनी इलाकामा लुकेर बसेको खबर छ । यसको नाम रोबर्ट कार्ड भनिन्छ।
आक्रमणकारीले किन यसो गरे थाहा नभए पनि उनको तस्बिर सार्वजनिक भएको छ । उनी हातमा बन्दुक लिएर फायरिङ गरिरहेको देखिन्छ । प्रहरीका अनुसार राति ८ बजेतिर तीन ठाउँमा परिवार र साथीभाइसहित मानिसहरु उपस्थित हुँदा गोली चलेको थियो ।
प्रहरीका अनुसार गोली चलाउने ४० वर्षका रोबर्ट कार्डको खोजी भइरहेको छ । बीबीसीका अनुसार उनको साथमा हतियार छ । र, उनी खतरनाक हुनसक्ने भएकाले मानिसहरुलाई घरभित्रै बस्न स्थानीय प्रशासनले अपील गरेको छ ।
घटनामा संग्लन भनिएका व्यक्ति हतियार प्रशिक्षक हुन्, जसले अमेरिकी सेनाबाट प्रशिक्षण पाएका छन् । उनले २०२३ मा मासिक स्वास्थ्य केन्द्रमा समय बिताएका थिए ।
प्रतिक्रिया दिनुहोस