aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सुन चाँदीको भाउ बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ कार्तिक २०८०
सुन चाँदीको भाउ बढ्यो

एजेन्सी । भारतमा सुन चाँदीको भाउ बढेको छ । इन्डिया बुलियन एण्ड ज्वेलर्स एसोसिएसनको वेबसाइटका अनुसार बजारमा २४ क्यारेट सुनको भाउ प्रति १० ग्राम ३२४ रुपैयाँ भारुले बढेर ६० हजार ८८८ रुपैयाँ भारु पुगेको छ । जबकि १८ क्यारेट सुनको भाउ ४५ हजार ६६६ रुपैयाँ भारु पुगेको छ ।

त्यसैगरी आज चाँदीको भाउ पनि ३ सय ५६ रुपैयाँ भारुले बढेर ७१ हजार ३६० रुपैयाँ भारु पुगेको छ । यसअघि ७१ हजार ४ रुपैयाँ भारु थियो । विज्ञहरूका अनुसार आगामी दिनमा यिनको भाउ अझै बढ्न सक्छ ।

कात्तिक महिनामा अहिलेसम्म सुन चाँदीको भाउमा भारी वृद्धि भएको छ । यो महिना अहिलेसम्म सुनको भाउ ३ हजार १६९ रुपैयाँ भारुले बढेको छ । यो महिनाको सुरुमा अर्थात अक्टोबर १ मा प्रति १० ग्राम ५७ हजार ७१९ रुपैयाँ भारु थियो । जुन अहिले ६० हजार ८८८ रुपैयाँ भारुमा छ । जबकि चाँदी प्रतिकिलो ७१ हजार ६०३ रुपैयाँ भारुबाट घटेर ७१ हजार ३६० रुपैयाँ भारुमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस