aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ कार्तिक २०८०
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने कुसुम देउलाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका१२ बस्ने २२ वर्षीय रिक्की देउला समेत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८६ हजार २ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस