aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

'वर्तमान सरकार पाँच वर्ष टिक्छ'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ कार्तिक २०८०
'वर्तमान सरकार पाँच वर्ष टिक्छ'

त्रिवेणी (रुकुम पश्चिम)  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन सरकार पाँच वर्ष नै टिक्ने बताएका छन । रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–६ मग्मामा सहिद स्मृति खेलकुद तथा सांस्कृतिक मेलामा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले वर्तमान सरकार बनेदेखि नै ढाल्ने चलखेल सुरु भए पनि कसैले हल्लाउन नसक्ने बताए । 

“गठबन्धन सरकार कमजोर भए अराजकतावादी, विचारविहीनहरु बढ्दै जान्छन्, सामन्ती र निरंकुशतावादीले टाउको उठाउने खतरा बढ्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । उहाँले मुलुकका विभिन्न भागमा धार्मिक र जातीय सद्भाव बिगार्ने खेल भइरहेको भन्दै त्यसलाई रोक्न पनि सरकार आवश्यक भएको तर्क गरे ।

प्रधानमन्त्री दाहालले रुकुम पश्चिमको समग्र विकासबारे आफू जानकार रहेको बताउनुहुँदै काठमाडौँ पुगेपछि मन्त्रिपरिषद्को बैठकले यसबारे महत्वपूर्ण निर्णय गर्ने जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस