aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कतारको अदालतले ८ पूर्व भारतीय नौसेनालाई मृत्युदण्डको सजाय सुनायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० कार्तिक २०८०
कतारको अदालतले ८ पूर्व भारतीय नौसेनालाई मृत्युदण्डको सजाय सुनायो

एजेन्सी । कतारको एक अदालतले ८ पूर्व भारतीय नौसेनालाई मृत्युदण्डको सजाय सुनाएको छ । उनीहरुमाथि लागेको आरोप सार्वजनिक भएको छैन । भारतीय नौसेनाका पूर्व अधिकारीहरूलाई ३० अगस्ट २०२२ मा पक्राउ गरिएको थियो। यसप्रति भारत सरकारले आश्चर्य व्यक्त गरेको छ । भारतको परराष्ट्र मन्त्रालयले उनीहरुलाई रिहा गर्न कानुनी बाटो खोजिरहेको जनाएको छ ।

गिरफ्तारी अगस्त ३०, २०२२ मा भएको थियो । तर, भारतीय दूतावासले सेप्टेम्बरमा यसको जानकारी दिएको जनाएको छ। सबै ८ भारतीय कतारको अल दाहरा नामक निजी कम्पनीमा काम गर्थे । यो कम्पनीले रक्षा सेवा प्रदान गर्दछ। आठ भारतीयमध्येका एक सेवानिवृत्त कमाण्डर पूर्णेन्दु तिवारी दहरामा प्रबन्ध निर्देशक थिए। उनले २०१९ मा प्रवासी भारतीय सम्मान प्राप्त गरे। यो सम्मान पाउने उनी सशस्त्र बलका एक मात्र व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस