aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भारतमा उत्पादन हुने तरकारीमा पाइयो खतरनाक धातु, जसले क्यान्सर समेत नित्याउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ कार्तिक २०८०
भारतमा उत्पादन हुने तरकारीमा पाइयो खतरनाक धातु, जसले क्यान्सर समेत नित्याउने

एजेन्सी ।  भारतको कर्नाटकको वलोर सहरमा जनताको थालमा पुग्ने तरकारीमा खतरनाक धातु र रसायन मिसिएको विषा पुगिरहेको छ । उक्त क्षेत्रमा फोहोर पानीमा उत्पादनमा तरकारी उत्पादन हुने भएकाले उनीहरुले खाने तरकारीमा विष भेटिएको एक अध्ययनले देखाएको छ । एउटा सरकारी एजेन्सीले वंलोरका धेरै साना र ठूला तरकारी पसलहरूबाट नमूना सङ्कलन गरेपछि उनीहरूले त्यहाको बजारहरूमा अधिकांश तरकारीहरू घर र कारखानाको फोहोर र प्रदूषित पानीमा उत्पादन भइरहेको पत्ता लगाएको छ। फोहोर पानीमा उब्जनीमा आर्सेनिक, निकल, क्याडमियम, क्रोमियम, पारा, जिंक र म्याग्नेसियम जस्ता भारी धातुहरू पाइन्छ जसले मृगौला, कलेजो, आन्द्रा र क्यान्सरजस्ता रोग निम्त्याउन सक्छ।

वातावरण व्यवस्थापन तथा नीति अनुसन्धान संस्थानका अन्वेषकहरूले सहरको बजारमा बिक्री हुने १० तरकारीको ४०० नमूना परीक्षण गर्दा खाद्य तथा कृषि सङ्गठनले तोकेको सीमाभन्दा बढी तरकारीमा विषाक्त बढी भेटिएको थियो।

 कर्नाटकको पाँचौं सबैभन्दा धेरै जनसंख्या भएको सहर हो जहाँ कोलार, चिक्काबल्लापुर, रामानगर र वैलोर ग्रामीण क्षेत्रका किसानहरूले तरकारीहरू आपूर्ति गर्छन्। हॉपकॉम्स एक्लै (किसानहरूबाट बजारमा तरकारीहरू आपूर्ति गर्ने एजेन्सी) ले ७० टन तरकारीहरू वितरण गर्दछ जबकि शहरको बाँकी जनसंख्या पुशकार्टदेखि सुपरमार्केटसम्मका निजी साना र ठूला स्टोरहरूमा निर्भर छ।

पर्यावरण व्यवस्थापन र नीति अनुसन्धान संस्थान (ईएमपीआरआई) का अन्वेषकहरूले बेंगलुरुमा पाँच सुपरमार्केट, पाँच स्थानीय बजार, मल्टिपल स्टोरहरू र हपकम सहित २० पसलहरूबाट तरकारीहरूको ४०० नमूनाहरू सङ्कलन गरे। त्यसपछि बैंगन, टमाटर, सिमला मिर्च, सिमी, गाजर, हरियो खुर्सानी, प्याज, आलु, पालक, धनियाँलगायत १० तरकारीको नमूनामा भारी धातुको उपस्थितिको परीक्षण गरिएको थियो ।

कुनै पनि खाद्य वस्तुमा फलामको अधिकतम स्वीकार्य सीमा ४२५.५ एमजी केजी छ। अर्गानिक तरकारी बिक्री गर्ने दाबी गर्ने पसलको सिमीमा फलामको मात्रा ८१० दशमलव २० एमजी केजी, धनियाँ ९४५.७० मिलिग्राम र पालकमा ५५४.५८ मिलिग्राम प्रति किलोग्राम रहेको पाइयो भने प्रत्येक एक किलो प्याजमा ५९२.१८ मिलीग्राम फलाम पाइएको छ । 

यीमध्ये केही धातुहरू क्याडमियम जस्ता स्वास्थ्यका लागि धेरै खतरनाक हुन्छन् जसले कलेजो र फोक्सोमा विषाक्तता ल्याउन सक्छ र प्रतिरक्षा प्रणालीलाई कमजोर पार्न सक्छ। सिसा, जुन विषाक्त छ, कुनै पनि खाद्य वस्तुमा ०.३ मिलीग्रामरकिग्रा भन्दा बढी हुनु हुँदैन। यस अनुसन्धानका क्रममा तरकारीमा भारी धातुहरू भेटिएको छ जुन मानव शरीरका लागि राम्रो होइन। फोहोर पानी खेतीका लागि प्रयोग नगर्न पनि अनुसन्धानले सुझाव दिएको छ । किसानले यस्तो फोहोर पानी सिँचाइ वा बाली रोप्ने काममा प्रयोग नगर्न सुझाव दिएको छ । 

प्रतिक्रिया दिनुहोस