aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ असोज २०७६
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौ स्थित सामुदायिक प्रहरी सेवा क्रेन्द्र नक्साल र टुँडालदेवीलाई जनचेतनामूलक स्टिकर तथा पाम्प्लेटहरु छपाई गरी सहयोग प्रदान गरेको छ ।

टुँडालदेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा बैंकको तर्फबाट कर्पोरेट कम्युनिकेशन प्रमुख रवि के.सी.द्वारा महानगरिय प्रहरी परिसरका वरिष्ठ प्रहरी अधिकृत उत्तम राज सुवेदीलाई हस्तान्त्तरण गरेका थिए । उक्त सहयोगले “हर प्रहर, गाउँ र नगरी , टोल टोलमा नेपाल प्रहरी“ भन्ने नारा र शान्तिपूर्ण सुरक्षित समाजको लागि समुदाय – प्रहरी साझेदारीको सबै नागरिक वर्गमा सूचना पुग्ने विश्वास बैंकले लिएको छ । 

यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ८७ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको जनाएकाे छ ।
 

प्रतिक्रिया दिनुहोस