aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

शरद पूर्णिमामा चन्द्रग्रहण कुन कुन देशमा देखियो ? अब कहिले लाग्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ कार्तिक २०८०
शरद पूर्णिमामा चन्द्रग्रहण कुन कुन देशमा देखियो ? अब कहिले लाग्छ ?

एजेन्सी । यस वर्षको अन्तिम चन्द्रग्रहण समाप्त भएको छ । शनिबार दिउँसो १ः०५ बजे सुरु भएको यो आंशिक चन्द्रग्रहण थियो र बिहान २ः२४ बजेसम्म देखिएको थियो। एक घन्टा १९ मिनेटसम्म चलेको चन्द्रग्रहण विश्वका विभिन्न देशका साथै भारतबाट पनि देखिएको थियो । चन्द्रग्रहण पहिलो पटक भारतको महाराष्ट्रको चेम्बुरमा देखियो र अन्त्यमा गुजरातको राजकोटमा देखियो ।

आंशिक चन्द्रग्रहण नेपाल लगायत पृथ्वीका लगभग सबै ठाउँबाट देखियो। भारत, युरोप, एसिया, अष्ट्रेलिया, अफ्रिका, उत्तरी अमेरिका, उत्तर रपूर्व दक्षिण अमेरिका, प्रशान्त, एट्लान्टिक, हिन्द महासागर, आर्कटिक र अन्टार्कटिकामा देखिएको थियो।

देश अनुसार अफगानिस्तान, चीन, इरान, टर्की, अल्जेरिया, बंगलादेश, भुटान, मंगोलिया, नाइजेरिया, बेलायत, स्पेन, स्वीडेन, मलेसिया, फिलिपिन्स, थाइल्याण्ड, अष्ट्रेलिया, जापान, इन्डोनेसिया, कोरिया र ब्राजिलको पूर्वी भागमा पनि आंशिक चन्द्रग्रहण देखिएको थियो । 

हिजो रातिको चन्द्रग्रहण यस वर्षको अन्तिम खगोलीय घटना हो । यसपछि अर्को चन्द्रग्रहण मार्च २५, २०२४ मा हुनेछ। शरद पूर्णिमाको मिति, महिना, वर्ष र संक्रमणको हिसाब हेर्दा सन् २००५ मा शरद पूर्णिमामा चन्द्रग्रहण भएको थियो भने अहिले २०२३ मा शरद पूर्णिमाका दिन चन्द्रग्रहणको अवस्था छ ।
 

प्रतिक्रिया दिनुहोस