aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सिटी फुड सेन्टरमा आगलागी, पेट्रोल छर्केर आगजनी गरेको पीडितको दाबी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ असोज २०७६
सिटी फुड सेन्टरमा आगलागी, पेट्रोल छर्केर आगजनी गरेको पीडितको दाबी

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा आज बिहान एक पसलमा आगलागी हुँदा सबै सरसामान जलेर नष्ट भएको छ । मलङ्गवा–९ स्थित श्रीमती कृष्णादेवी जनता माविको सटरमा स्थानीय सहजान मिकरानीले सञ्चालन गरेको सिटी फुड सेन्टरमा आगलागी हुँदा रु दुई लाख बराबरको सामान जलेर नष्ट भएको जनाइएको छ । 

आगलागीबाट पसलभित्र रहेका फ्रिजलगायत सबै सरसामान जलेर नष्ट भएको प्रहरीले बताएको छ । विद्युत् चुहावट भई आज बिहान ५ः४५ बजेको समयमा पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

पीडित मिकरानीले आफ्नो पसलमा विद्युत चुहावट नभई अज्ञात व्यक्तिले सटरको मुनिबाट पेट्रोल हाली आगजनी गरेको दाबी गरेका छन् । नेपाल प्रहरी र स्थानीयवासीको प्रयासबाट आगो नियन्त्रणमा आएपछि अन्य पसलमा क्षति हुनबाट जोगिएको थियो ।

प्रतिक्रिया दिनुहोस