aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

शिवम् सिमेन्टका भिपि अग्रवाल सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ कार्तिक २०८०
शिवम् सिमेन्टका भिपि अग्रवाल सम्मानित

काठमाडौं । शिवम् सिमेन्टका भिपि (सेल्स एण्ड मार्केटिङ) निखिल अग्रवाल सम्मानित भएका छन् । ब्राण्डमेन इन्डिया पीआर एण्ड प्रमोशनद्धारा आयोजित अवार्ड कार्यक्रममा श्री महात्मा गान्धि राष्ट्रिय अभिमान पुरस्कार २०२३बाट शिवम् सिमेन्टका भिपि अग्रवाल सम्मानित भएका हुन् । 

अग्रवाल शिवम् सिमेन्टको स्थापना कालदेखिनै निरन्तर कार्यरत छन् । हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आएको यस संस्थाको प्रमुख लक्ष्य भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरुलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने रहेको छ । विभिन्न उद्योगहरुमा नेतृत्व गर्ने कर्मचारी तथा व्यवस्थापक छनौट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधीहरु संग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने जस्ता कार्यहरु यसले गर्दै आएको छ । 

यस अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रका विभिन्न विधामा आफ्नो राष्ट्रिय स्तरका व्यापारिक क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने कर्मचारी, व्यवस्थापक तथा उद्योगको छनौट गरी यसको समग्र क्षेत्रको मूल्याङकन, व्यवस्थापन तथा राष्ट्रिय स्तरमा पु¥याएको उत्कृष्ट योगदानको आधार छनौट गरी अवार्ड दिने गरिन्छ ।    
 

प्रतिक्रिया दिनुहोस