aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सिन्धुपाल्चोक बस दुर्घटना : धन्न ‘रुखमा अड्किएर बाँचे’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ असोज २०७६
सिन्धुपाल्चोक बस दुर्घटना : धन्न ‘रुखमा अड्किएर बाँचे’

काठमाडौं । काठमाडौंमा डेरा गरी बस्दै आएको म दसैं मान्न गाउँ गएको थिएँ । शुक्रबार काठमाडौं फर्किन बिहान ६ बजेदेखि गाडी कुएँ । निकै बेरपछि बस आयो। छतसमेत भरिभराउ थियो। ढोकामा पनि मान्छे अन्डिएका थिए ।

म एक्लै भए त ढोकामै झुन्डिन्थे । साथमा दिदी, दुइटी भान्जी, मीत छोरा पनि थिए। दिदी कोच्चिएर बसभित्र पस्नु भो। म भान्जी लिएर छतमा चढ़े। छतमा पनि लगभग ५० जना थिए। कोच्चिएर बसेका थियौं । कच्ची बाटोले हो या मान्छे धेरै भएर हो, बस ढलमल गरेर गुडिरहेको थियो । अब मान्छे नहाल भन्दै ड्राइभरलाई गाली पनि गयौं । हामी चढेको ठाउँबाट बस एक किलोमिटर पर पुगेको मात्रै थियो, केही पड्किएजस्तो आवाज आयो। खलासी ‘टायर पन्चर भयो’ भन्दै ओर्लियो, बस भने गुडिरह्यो।

एकछिनपछि डाइभरले ‘गाडीको ब्रेक फेल भयो, ज्यान बचाउन सक्नुहुन्छ भने हाम्फल्नुस्’ भन्यो । सबै जना रुन-कराउन थाले । म नजिकै बसेका एकजना भाइ हाम्फाली हाले । मैले भान्जीलाई ‘केही हुन्न हामी पनि हाम फालों’ भनें । हामफाल्यौं । म कोइरालोको रूखमा अडकिएँ । बस भीरैभीर खस्यो । धेरै तल रूखमा गएर अइकियो । रूखबाट ओर्लिएँ। दिदी र भान्जी। खोज्न थालें । 

मेरो छाती र खट्टा बेस्सरी दुखिरहेको थियो। बस नजिक जांदा कोही रूखले थिचिएका थिए, कोही रगताम्य भएर केही नबाल्न । भइसकेका थिए। कसलाई उठाउँ, कसलाई छोडौं जस्तो भयो । अत्तालिए । बोल्नै नसक्ने भएँ । रिंगटा लाग्यो । दिदी बस अगाडि पछारिएकी थिइन् । घाइतेहरू छटपटाइरहेका थिए । एकैछिनमा उद्धारकर्मी आएर उठाउन थाल। दिदीको करङ र खट्टा भाँचिएको छ। मीत छोरा बितेछन् । मलाई भतिजले।

मोटरसाइकलमा हालेर ट्रमा सेन्टरमा ल्याए । छाती र कम्मर मुनिको भागदुखेको छ । धन्न दैवले बचाए। ट्रमा सेन्टरमा उपचाररत छविलाल भट्टराईसँगको कुराकानीमा आधारीत यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस