aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

पुनर्निर्माणका लागि ३.४७ अर्ब सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ असोज २०७६
पुनर्निर्माणका लागि ३.४७ अर्ब सहयोग

काठमाडौं । साउदी फन्ड फर डेभलपमेन्टले भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई ११ करोड २५ लाख साउदी रियाल अर्थात् ३ अर्ब ४७ करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ।

अर्थसचिव डा.राजन खनाल र साउदी फन्डका उपाध्यक्ष तथा प्रबन्ध निर्देशक डा.खालिद बिन सुलेमान अलबुहारीबीच अर्थ मन्त्रालयमा शुक्रबार यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। 

साउदी फन्डको सहयोग भूकम्पपछिको निजी आवास, स्वास्थ्य र शैक्षिक संस्था पुनर्निर्माणमा उपयोग गरिनेछ। कार्यक्रममा अर्थसचिव खनालले नेपाल र साउदी अरबबीच सन् १९९७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै नेपालको विकासमा साउदी अरबको सहयोगको चर्चा गरेका
थिए। साउदी अरबले नेपाली युवालाई रोजगारीको अवसरसमेत प्रदान गर्दै आएको र प्रमुख श्रम गन्तव्यका रूपमा रहेको भन्दै खनालले साउदी अरबसँग जनताको तहसम्म सम्बन्ध विकास भएको बताएका थिए। यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस