aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एल साल्भाडोर जाँदैहुनुहुन्छ ? यो पढ्नुहोस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ कार्तिक २०८०
एल साल्भाडोर जाँदैहुनुहुन्छ ?  यो पढ्नुहोस

एजेन्सी । नेपाल लगायत अन्य देशका मानिसहरु विश्वका पर्यटकीय स्थलहरु घुम्न जाने गरेका छन । तर, अफ्रिकाको एउटा सानो देश छ जहाँ भ्रमण गर्नु नेपाली पर्यटकहरूको लागि धेरै महँगो साबित हुन्छ। त्यहा जाने पर्यटकबाट करिब एक लाख ६० हजार रुपैयाँ करिब असुल्ने गरेको छ । यस देशको नाम एल साल्भाडोर हो र यहाँ यो कर नोपली राहदानीमा मात्र नभई ५० भन्दा बढी अफ्रिकी र एसियाली देशको राहदानीमा पनि लगाइएको छ ।

फोन्सेकाको खाडीमा अवस्थित एल साल्भाडोरमा यस्ता धेरै पर्यटकीय स्थलहरू छन् । जहाँ विश्वभरबाट ठूलो संख्यामा पर्यटक जान्छन्। अक्टोबरको सुरुदेखि नै यो देशले यहाँ आउने पर्यटकबाट नयाँ कर उठाउन थालेको छ । वास्तवमा, एल साल्भाडोर पोर्ट अथोरिटीको वेबसाइटमा साझा गरिएको जानकारी अनुसार नेपालीसहित ५७ अफ्रिकी–एसियाली देशहरूको राहदानीमा यहाँ आउने मानिसहरूले  १००० डलरभन्दा बढी शुल्क तिर्नुपर्ने उल्लेख छ।

यी ५० देशको राहदानीमा एल साल्भाडोर प्रवेश गर्ने व्यक्तिबाट शुल्कमा भ्याट उठाउने व्यवस्था लाग्ने गरेको छ ।  जसका कारण यो रकम झनै बढी हुन्छ । प्रतिवेदनका अनुसार भ्याटसँगै यात्रुले ११३० डलर बढी रकम तिर्नुपर्ने हुन्छ । २०२३ अक्टोरदेखि लागू हुने  यो निर्णयलाई मध्यनजर गर्दै धेरै एयरलाइन्स कम्पनीले यात्रुलाई यो अनिवार्य शुल्कबारे जानकारी दिन पनि थालेका छन् ।

एल साल्भाडोरमा यो नयाँ शुल्क अक्टोबर २३ देखि लागू भएको छ। यसको पछाडिको कारणको बारेमा कुरा गर्दा, रिपोर्टहरू अनुसार, अफ्रिका र अन्य देशहरूबाट धेरै आप्रवासीहरू मध्य अमेरिका हुँदै अमेरिका पुग्छन्। यी पर्यटकबाट करबापत उठेको यो रकम देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिमा खर्च गरिने प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ ।

एल साल्भाडोरका राष्ट्रपति नायब बुकेले गत हप्ता यस मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री ब्रायन निकोल्ससँग भेटेर देशमा अनियमित बसाइँसराइको बारेमा छलफल गरेका थिए ।  अमेरिकी भन्सार र सीमा गस्तीले सेप्टेम्बरमा समाप्त भएको आर्थिक वर्षमा राष्ट्रव्यापी रूपमा ३.२ मिलियन आप्रवासीहरूको सामना गरेको थियो।

एल साल्भाडोर पर्यटकीय स्थलहरूको लागि मात्र प्रसिद्ध छैन । तर, यो देशमा संसारको पहिलो गाउँ पनि छ जहाँ मानिसहरूले क्रिप्टोकरेन्सीको साथ किराना र तरकारीहरू किन्छन्। र आफ्नो बिल तिर्नुछन। क्रिप्टोकरेन्सीलाई देशको संसदले कानुनी मान्यात दिएको छ।

 त्यसबेलादेखि, अल जोन्टे गाउँका मानिसहरूले दैनिक सामानहरू किन्न क्रिप्टोकरेन्सी प्रयोग गर्छन्। यससँगै, एल साल्भाडोर विश्वको एक मात्र देश हो जहाँ पहिलो बिटक्वाइन सिटी निर्माण गर्ने तयारी भइरहेको छ। राष्ट्रपति नायब बुकेले मध्य अमेरिकी देशमा लगानी बढाउन क्रिप्टो मुद्रा प्रयोग गर्ने आफ्नो शर्त दोब्बर बनाएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस