aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

‘जलवायु परिवर्तनबाट नेपालमा नाटकीय प्रभाव’ : राष्ट्रसंघ महासचिव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ कार्तिक २०८०
‘जलवायु परिवर्तनबाट नेपालमा नाटकीय प्रभाव’ : राष्ट्रसंघ महासचिव

काठमाडौँ, १३ कात्तिक स् संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असरका रूपमा पर्यावरण र मानव समुदायमा नाटकीय परिवर्तन देखिन थालेको बताएका छन्‌ ।

सगरमाथा क्षेत्रको अवलोकनका लागि उन आज बिहान सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ पुगेका थिए । उक्त क्षेत्रको अवलोकनका क्रममा सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश दिँदै महासचिव गुटेरेसले जलवायु परिवर्तन रोकथामका लागि विश्व समुदायलाई आग्रह गरेका छन्‌ ।

‘म अहिले यहाँ हिमालयमा छु । जहाँ हिमाल पग्लिरहेका छन् र हिमनदीहरू रेकर्ड लेभलमा छन् । अन्टार्टिका र ग्रीनल्याण्डमा जस्तै यहाँ पनि जलवायु परिवर्तनको गम्भीर असर देखिइरहेका छन्’, गुटेरेसले भनेका छन्‌, ‘हामीले बाढी पहिरो देख्नुपरेको छ । यहाँको समुदाय नाटकीय रूपमा प्रभावित भइरहेको छ । हामीले यसलाई रोक्न जरुरी छ ।’

जलवायु परिवर्तनका असरले हिमालय क्षेत्रको पर्यावरण र जनजीवनमा देखिन थालेका असर तथा त्यसको रोकथामका लागि आफूले विश्वसमुदायको ध्यानाकर्षण गराउन चाहेको उनले उल्लेख गरेका छन्‌ ।

‘हामीले बढ्दो तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्रीमा सीमित गर्नसक्नुपर्छ । यसबाट हामी पछि हट्न सक्दैनौँ’, उनले भिडियो सन्देशमार्फत् भनेका छन्‌ ।

प्रतिक्रिया दिनुहोस