aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

स्रोत नखुलेको करिब ११ लाखसहित एक जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ कार्तिक २०८०
स्रोत नखुलेको करिब ११ लाखसहित एक जना पक्राउ

सप्तरी । स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् । छिन्नमस्ता गाउँपालिका ३ स्थित सडकबाट स्रोत नखुलेको नगद १० लाख ९८ हजार रूपैयाँसहित सोही ठाउँ बस्ने ३९ वर्षीय जय प्रकाश यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले मधेश प्रदेश २–०१–००१ प ०७०८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको सिट कभरभित्र लुकाई छिपाई ल्याएको अवस्थामा उक्त रकम फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस