
काठमाडौ । त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविमा पुग्दा आफ्ना नानीहरुलाई निजी विद्यालयबाट छुटाएर भर्ना गराउन आउनेहरुको उल्लेख्य भीड देखियो। विगतमा छात्रवृत्तिको प्रलोभनले मात्र निजी स्कुलबाट सरकारी स्कुलमा छोराछोरी भर्ना गराउने परम्परा तोड्दै यस वर्ष भने कक्षा १ देखि कक्षा ९ सम्मकै विद्यार्थीहरुलाई नयाँ भर्नाका लागि विश्वनिकेतन मावि पुगेका थिए।
यस वर्ष विश्वनिकेतन माविले कक्षा १ देखि कक्षा ९ सम्मको कुल ५ सय सिटमा भर्ना खुलाएको थियो। ५ सय सिटको लागि ९ सय विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए। विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलका अनुसार परीक्षा दिने ९ सय विद्यार्थीमध्यै ७ सय निजी विद्यालयबाट आएका थिए। ‘निजी स्कुलबाट विश्वनिकेतनमा आउने विद्यार्थीको चाप विगतमा भन्दा बढेको छ,’ उनले भने।
स्कुलका भेटिएकी एक सरकारी कर्मचारी आफ्नो छोरीको विश्वनिकेतनमा कक्षा ६ को प्रवेश परीक्षामा नाम ननिस्केपछि चिन्तित देखिइन्। ‘छोरीले प्रवेश परिक्षामा त राम्रै गरेकी थिई तर नाम निस्केनछ। छोरीलाई यहीँ बढाउने पाए हुन्थ्यो खै के गर्ने गर्र्ने,’ उनले दुविधा ओकलिन्। उनकी छोरीले राजधानीको नाम चलेकै निजी विद्यालयबाट कक्षा ५ उत्तीर्ण गरेकी रहिछिन् तर विश्वनिकेतनमा नाम ननिस्किँदा आमालाई चिन्ता भएको थियो। उनी प्रधानाध्यापकलाई भर्नाको लागि अनुरोध गर्दै थिइन् भने प्रधानाध्यापक भने सिट अभावमा भर्ना गर्न असमर्थ भएको बताइरहेका थिए।
निजी विद्यालयहरुको महँगो शुल्क र सरकारी विद्यालयहरुको बढ्दै गएको स्तरीय शिक्षाका कारण निजीबाट सरकारी विद्यालयमा आउने विद्यार्थीहरुको अकर्षण बढिरहेको विश्वनिकेतनको यो दृश्यले देखाउँछ। यसका साथै सरकारी तलब खानेहरुको नानीहरु सरकारीमै पढाउनुपर्ने वाध्यकारी शिक्षा नीतिका कारण यस शैक्षिक सत्रदेखि सरकारी विद्यालयहरुमा नानीहरुको भर्ना ह्वात्तै बढेको हो।
स्कुलमा आप्mना नानी कक्षा ७ मा भर्ना गराउन आएका विश्वनाथ यादवले गर्वसाथ छोरीलाई विश्वनिकेतनमा भर्ना गराए। यादव आपूm निजी कलेजको शिक्षक भएकाले आफूलाई सरकारी र निजी शिक्षाको अन्तर रामरी थाहा भएको बताए। नागरिक दैनिकबाट ।
प्रतिक्रिया दिनुहोस