aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मुकेश अम्बानीलाई चार दिनभित्र ज्यान मार्ने तेस्रो धम्की

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ कार्तिक २०८०
मुकेश अम्बानीलाई चार दिनभित्र ज्यान मार्ने तेस्रो धम्की

एजेन्सी । भारतका सबैभन्दा धनी व्यक्ति तथा व्यापारी मुकेश अम्बानीलाई चार दिनभित्र तेस्रो ज्यान मार्ने धम्की आएको छ । २७ र २८ अक्टोबरमा धम्की पाएपछि मुकेश अम्बानीलाई सोमबार ३० अक्टोबरमा फेरि धम्की आएको छ।

भारतको गमदेवी प्रहरीले सोमबार बिहान मुकेश अम्बानीलाई आफ्नो कम्पनीको मेल आइडीमा इमेल प्राप्त गरेको बताएको छ । यसमा ४ सय करोडको माग गरिएको छ । माग पूरा नभए ज्यान मार्ने धम्की समेत पाएका छन् ।

यसअघि शुक्रबार २७ अक्टोबरको साँझ सोही मेलमा २० करोड र शनिबार अक्टोबर २८ गते २०० करोडको माग गरिएको थियो । उनलाई देशका उत्कृष्ट शूटरहरूले मार्ने मेलमा भनिएको थियो।

प्रहरीका अनुसार सोही अकाउन्टबाट आएको मेलमा ‘हाम्रो इमेलको कुनै प्रतिक्रिया आएको छैन, त्यसैले अहिले दुई सय करोड रुपैयाँ छ, नपाएको खण्डमा डेथ वारेन्टमा हस्ताक्षर गर’ भन्ने लेखिएको छ ।

यसअघि अक्टोबर २७ मा पठाइएको पहिलो धम्कीपूर्ण इमेलमा लेखिएको थियो, ुयदि तपाईंले हामीलाई २० करोड रुपैयाँ नदिनुभयो भने हामी तपाईंलाई मार्नेछौं, हामीसँग भारतमा उत्कृष्ट शूटरहरू छन्ु।

अक्टोबर २७ मा पहिलो इमेल प्राप्त गरेपछि मुकेश अम्बानीका सुरक्षा इन्चार्जको उजुरीको आधारमा गमदेवी प्रहरीले आईपीसीको धारा ३८७ र ५०६ ९२० अन्तर्गत अज्ञात व्यक्तिविरुद्ध एफआईआर दर्ता गरेर अनुसन्धान सुरु गरेको छ।

यसअघि पनि अम्बानी र उनको परिवारलाई पटकपटक ज्यान मार्ने धम्की आएको थियो । जसका कारण गत वर्ष २९ सेप्टेम्बरमा केन्द्रीय गृह मन्त्रालयले उनको सुरक्षालाई जेड श्रेणीबाट जेड प्लसं बनाएको थियो। सुरक्षा खर्च मुकेश अम्बानीले बेहोरेका छन् । यो खर्च मासिक ४० देखि ४५ लाख रुपैयाँ हुन्छ ।

प्रतिक्रिया दिनुहोस