काठमाडौं । जोखिम न्यूनीकरण हुने भएपछि कृषि तथा पशु बिमामा किसानको आकर्षण ह्वात्तै बढेको छ। पछिल्लो पाँच वर्षमा कृषि तथा पशु बिमा पाँच गुणाले वृद्धि भएको छ।
पशु विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष ०७५/७६ मा किसानले कुल १८ अर्ब ६८ करोड रूपैयाँको बिमा गरेका छन् । पाँच वर्ष पहिला आर्थिक वर्ष ०७१/७२ मा तीन अर्ब १६ करोड ६८ लाख रूपैयाँको बिमा भएको थियो।
यसले हरेक वर्ष कृषि तथा पशु बिमा गर्नेको संख्या वृद्धि भएको देखिन्छ। गत वर्ष बिमा गर्नेमध्ये ९५.३६ प्रतिशत पशु बिमा छ। १७ अर्ब ८१ करोड रूपैयाँको पशु बिमा गरेका थिए। कृषि बिमा ४.६४ प्रतिशतमात्र छ।
गत वर्ष ४४ लाख ६३ पक्षी, दुई लाख ४४ हजार पशुको बिमा गरिएको थियो। तीमध्ये ८७ हजार गाई, ५० हजार भैंसी, ८५ हजार बाख्राको बिमा गरेको पशु विभागले जनाएको छ। बाली नाली र पशुपक्षीको । बिमा गर्दा सरकारले ७५ प्रतिशत प्रिमियम दिएपछि किसान बिमामा आकर्षित भएको पशु सेवा बिभागका सूचना अधिकारी चन्द्र ढकालले बताए । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस