aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

साढे ८१ करोड भारतीयहरूको व्यक्तिगत डाटा ह्याकरको हातमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ कार्तिक २०८०
साढे ८१ करोड भारतीयहरूको व्यक्तिगत डाटा ह्याकरको हातमा

एजेन्सी। भारतका ८१ करोड ५० लाख नागरिकको व्यक्तिगत सूचना चुहावट भएको छ । एक जना ह्याकरले डार्क वेबमा व्यक्तिगत सूचना ८० हजार अमेरिकी डलरमा बिक्रीमा राखेका छन् ।  

यसबारे सोमबार अमेरिका स्थित साइबर सुरक्षा फर्म रिसेक्युरिटी द्वारा खुलासा गरिएको थियो । जसले यस महिनाको सुरुमा यो डाटा बाहिरिएको रिपोर्ट सार्वजनिक गरेको थियो।

कम्पनीका अनुसार चोरी भएको डाटामा आधार कार्ड (भारतमा पहिचानको प्रमाणको रूपमा काम गर्ने व्यक्तिगत पहिचान नम्बरहरू) र राहदानी विवरणहरू, नाम, फोन नम्बरहरू र लाखौँ भारतीय नागरिकहरूको अस्थायी र स्थायी ठेगानाहरू समावेश छन्।

यो डाटा पिडब्लुएन०००१ उपनाम प्रयोग गरेर ह्याकरद्वारा बिक्रीको लागि सूचीबद्ध गरिएको थियो। उनीहरूले अक्टोबर ९ मा ८१५ मिलियन "भारतीय नागरिक आधार र राहदानी" रेकर्डहरूमा पहुँच प्रदान गर्ने ‘ब्रीच फोरम’हरूमा एक चेतावनी पोस्ट गरेका थिए । कम्पनीको अनुसन्धान इकाई हन्टरले विक्रेतालाई सम्पर्क गरेको र सो क्रममा उनले सम्पूर्ण डाटासेट ८० हजार अमेरिकी डलरमा बेच्ने बताएको उल्लेख गरिएको छ।

साइबरसेक्युरिटी फर्मको प्रतिवेदनले उल्लेख गरेको छ कि ती व्यक्तिले सो डेटा कसरी प्राप्त गर्‍यो भनेर जानकारी दिन अस्वीकार गरे ।  न्युज१८ को एक रिपोर्टले गरेको दाबी अनुसार सो डेटा इन्डियन काउन्सिल अफ  मेडिकल रिसर्चको डाटाबेसबाट चोरी भएको हुन सक्छ। यो भारतको बायोमेडिकल अनुसन्धानको सूत्र करण, समन्वय र प्रवर्द्धनका लागि देशको शीर्ष निकाय हो।

 प्रतिवेदनमा विभिन्न निकाय र मन्त्रालयका “शीर्ष अधिकारीहरू” लाई संवेदनशील विषयमा अलर्ट गरिएको पनि उल्लेख छ। भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले यसबारे थप अनुसन्धान सुरु गर्ने सम्भावना छ।

मंगलबार टाइम्स अफ इन्डियाले रिपोर्ट गरेको छ कि भारत सरकारले डाटा चुहावटको छानबिन गरिरहेको छ र दावहरूमा "पर्याप्त प्रमाण" फेला परेमा "विस्तृत अनुसन्धान" लाई गर्ने जनाएको छ । अखबारका अनुसार भारतको स्वास्थ्य मन्त्रालयले उल्लङ्घनको पुष्टि वा अस्वीकार दुवै गर्न अस्वीकार गरेको छ।

साइबर अपराधीहरूले इन्डियन काउन्सिल अफ  मेडिकल रिसर्चको डाटाबेसलाई लक्षित गरेको यो पहिलो पटक होइन। न्युज१८ का अनुसार गत वर्ष मात्रै ह्याकरहरूले ६ हजार पटक आईसीएमआर सर्भरमा प्रवेश गर्ने प्रयास गरेका थिए । 

प्रतिक्रिया दिनुहोस