aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

राष्ट्रपति सीको प्रतिबद्धताले देखाएको अर्को सपना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ असोज २०७६
राष्ट्रपति सीको प्रतिबद्धताले देखाएको अर्को सपना

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले नेपालीको भूपरिवेष्टित मुलुक' बाट 'भूजडित' मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नेपालको दुईदिने राजकीय भ्रमणमा शनिबार आएका सीले उनको सम्मानमा राष्ट्रपति विद्यादेवी
भण्डारीद्वारा आयोजित राजकीय भोजमा सम्बोधन गर्दै भने, 'दुई मुलुकबीच बढीभन्दा बढी नाकाहरू खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी सञ्जाल निर्माण गर्नेछौं र भूपरिवेष्टित देशबाट भूजडित देश बन्ने नेपालको सपना साकार तुल्याउन मद्दत गर्नेछौं ।

नेपालले अपेक्षा गरेका बहुप्रतीक्षित हिमालय सीमापार रेलमार्गसहितका योजनामा चीनले हरसम्भव साथ-सहयोग दिने बताउदै सीले केरुङ-काठमाडौं सुरुङमार्ग निर्माण अगाडि बढाइने प्रतिबद्धतासमेत व्यक्त गरे।।

राष्ट्रपति सीले सम्बोधनका क्रममा चीनले नेपालको आर्थिक विकासको आकांक्षालाई सघाउने र नेपाल पनि त्यसको कार्यान्वयनमा प्रतिबद्ध हुनुपर्ने मनसाय व्यक्त गरेका थिए । उनले नेपालको विकासमा साझेदारी गर्न चीन तत्पर रहेको र नेपालले पनि अघि सारिएका योजनाहरू पूरा गरेरै छाड्नुपर्ने बताए । 'हामीले बनाएका योजना पूरा गरेरै छाडौं। हामीले चीनमा पनि यस्तै गर्ने गरेका छौं,' राष्ट्रपति सीले भने ।

चिनियाँ राष्ट्रपतिले चीन-नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गरिने घोषणा पनि गरे। अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाई विभिन्न चरणमा स्तरोन्नति गर्ने पनि उनले बताए। नेपालले अपेक्षा गरेका योजनाहरूलाई आफ्नो सम्बोधनमा राष्ट्रपति सीले बुंदागत रूपमा उल्लेख गरेका थिए ।

केरुङदेखि काठमाडौंसम्मको सुरुङ मार्गको परियोजनालाई अघि बढाउन हामी सक्रिय हनेछौ,' राष्ट्रपति सीले भने । नेपालसँग। जोडिएका उत्तरी नाकाहरू खोल्ने विषयमा पनि। चिनियाँ राष्ट्रपतिले आफ्नो सम्बोधनमा छुटाएनन्। बढीभन्दा बढी नाका खोलेर बहुआयामिक कनेक्टिभिटी सञ्जालको निर्माण गर्ने राष्ट्रपति। सीको घोषणा थियो। 'मलाई आशा छ- दुई देशका जनताबीचको समझदारी आउने दिनमा अझ बढ्नेछ । राष्ट्रपति सीले भने । नेपालमा भूकम्पपछिका परियोजनाहरूलाई सक्रियताका साथ अघि समेत राष्ट्रपति सीले जोडेका थिए। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस