aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

गुटेरेसको सुरक्षाका लागि अन्नपूर्णमा खटिएका प्रहरीको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ कार्तिक २०८०
गुटेरेसको सुरक्षाका लागि अन्नपूर्णमा खटिएका प्रहरीको मृत्यु

गण्डकी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुङ्गानाको लेक लागेर मुत्यु भएको छ । आधार शिविरबाट फर्कने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत आज बिहान पोखरामा ल्याइएकामा ९ः४० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । 

हेलिकप्टरमार्फत गत आइतबार आधार शिविर पुगेका ढुङ्गानालाई पैदल फर्कने क्रममा श्वासप्रश्वासमा समस्या देखिएको जनाइएको छ । उनी कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा रहेको प्रहरीचौकीमा कार्यरत थिए ।  

महासचिव गुटेरेस मङ्गलबार बिहान अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका थिए । गुटेरेसको सुरक्षामा नेपाली सेना र नेपाल प्रहरीको टोली खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस