टोकियो । जापानामा शनिबार आएको शक्तिशाली आँधीले राजधानी टोकियो तथा वरपरका क्षेत्रमा क्षति पुर्याएको छ। अधिकारीका अनुसार
'हगिबिस' आँधी सन् १९५९ यताकै शक्तिशाली हो। आँधीका कारण भीषण वर्षा हुनका साथै कपिय स्थानमा बाढी गएको छ। हालसम्म २ जनाको ज्यान गएको अधिकारीले पुष्टि गरेका छन् ।

जापानी सञ्चामाध्यमका अनुसार दसौ हजार घरमा विद्युत् आपूर्ति बन्द भएको छ । जापानको जलबाय निकायका अनुसार आँधीसँगैको १८० किलोमिटर प्रतिघण्टाको हावाहुरीले थप वर्षा तथा बाढी निम्त्याउन सक्ने जनाएका छन् । भीषण आँधीसँगै रबी विश्वकप तथा फर्मुला-वानका केही खेलहरू स्थगित गरिएका छन्। जापानको जलवाय संस्थाका अधिकारी यासुशी काजिवाराले शनिवार राति र आइतबार बिहानसम्म राजधानी
टोकियोमा कम्तीमा आधा मिटर वर्षा हुने बताए उनले भने, 'कतिपय सहर तथा गाउँमा हालसम्मकै ठूलो वर्षा भएपछि आपत्कालीन अवस्था सूचना
जारी गरिसकिएको छ।

अधिकारीहरूले सम्भावित जोखिमका क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सर्न सूचना जारी गरेका बीबीसीले जनाएको छ। आँधीको प्रभावका कारण कयौं उडानहरू रद्द भएका छन् भने रेल सेवा बन्द छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।




प्रतिक्रिया दिनुहोस