aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

रेष्टुरेण्टमा जुवातास खेलिरहेका १५ जना पक्राउ, तीन लाख बरामद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ कार्तिक २०८०
रेष्टुरेण्टमा जुवातास खेलिरहेका १५ जना पक्राउ, तीन लाख बरामद

काठमाडौं । रेष्टुरेण्टमा जुवातास खेलिरहेका १५ जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं र ललितपुरका दुई स्थानबाट उनीहरुलाई तीन लाख नगदसहित पक्राउ गरेको हो । 

काठमाडौं महानगरपालिका १५ किमडोलस्थित थुप्टेन घलेको द सेफ हाउस रेष्टुरेण्ट एण्ड वारमा जुवातास खेलिरहेको अवस्थामा मनाङ निस्याङ गाउँपालिका २ घर भई काठमाडौं नागार्जुन नगरपालिका ५ छकडोल बस्ने ४१ वर्षीय आसुन गुरुङ समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १ हजार ६ सय रूपैयाँ र ७ बुक ताससहित पक्राउ गरेको हो ।

त्यस्तै, ललितपुरको गोदावारी नगरपालिका १० टाखेल पानी ट्‍याङ्की नजिक बस्ने कुमार भन्ने टुकनाथ घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा गोदावारी नगरपालिका १० बस्ने ३७ वर्षीय निराजन न्यौपाने समेत ८ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ७ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस